Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसंसद भवनमाथिको दङ्गाका कारण ट्रम्पले दिने राष्ट्रपति पदक नलिने चिर्चित फुटबल कोच

संसद भवनमाथिको दङ्गाका कारण ट्रम्पले दिने राष्ट्रपति पदक नलिने चिर्चित फुटबल कोच


काठमाडौ । अमेरिकाको राष्ट्रिय फुटबल लिगका कोच बिल बेलिचिकले अमेरिकी संसद भवनमा भएको दङ्गा गराउने राष्ट्रपति डोनाल्ड ट्रम्पले दिने राष्ट्रपति पदक ‘मेडल अफ फ्रिडम’ नलिने बताएका छन ।

न्यु इंग्ल्यान्ड प्याट्रिओट्सका बेलिचिकले अमेरिकी नागरिकलाई दिइने उच्च पदक दिने घोषणा गरिएका बेला आफू उत्साहित भएको बताए ।

तर गत साता अमेरिकी संसदमा ट्रम्प समर्थकहरूले बलजफ्ती प्रवेश गरी गरेको दङ्गा पछि आफूले त्यो पदक लिन विचार त्यागेको बताए । यो दङ्गामा पाँच जनाको मृत्यु भएको छ ।

यसअघि ट्रम्पसँग मैत्री सम्बन्ध भएको चर्चामा रहेका कोच बेलचिकले भने “ गत साता संसद भवनमा भएको दुखदायी दङ्गाका कारण पदक लिन चाहने विचार परिवर्तन गरेको छु ।”

राष्ट्रिय फुटबल इतिहासमा ६ सुपर बाउल टाइटल जितेर रेकर्ड बनाएका सर्वाधिक चर्चित कोचहरू मध्ये एक बेलिचिकलाई राष्ट्रपति पदक ‘मेडल अफ फ्रिडम’ दिइने घोषणा गरिएको थियो ।

सन् २०१९मा राष्ट्रपति ट्रम्पले यो पदक गोल्फर टाइगर उड्स, रेडियोका रुस लिम्बाग र मृत्युउपरान्त इल्भिस पर्सलीलाई दिएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)