Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारत चीन सीमामा प्राणघाती भिडन्तमा भारत जिम्मेवार

भारत चीन सीमामा प्राणघाती भिडन्तमा भारत जिम्मेवार


काठमाडौ भारत र चीनको हिमाली सीमा क्षेत्रमा भएको प्राणघाती भिडन्तमा भारत जिम्मेवार हुनुपर्ने चीनको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता बरिष्ठ कर्नल वु कियानले बुधबार दिएको अभिव्यक्तिलाई सीएनबीसीले गरेको अनुवाद अनुसार ‘चीन भारत सीमा भएको द्वन्द्वको समग्र जवाफदेयी भारतमा छ । सीमा क्षेत्रमा शान्ति कायम हुनेमा चीनले आशा गर्छ’

गत सोमबार लद्दाखको गलवान उपत्यकामा दुबै देशका सेनाहरुबीच हिंसात्मक भिडन्त भएको थियो । २० भारतीय सेनाका जवानको मृत्यु भएको थियो । भारतले पनि सो भिडन्तमा ४० जना चिनियाँ सेनाको मृत्यु भएको भनी गरेको सार्वजनिक समाचार गलत भएको चीनले जनाएको छ ।

मे महिनाको शुरुदेखि भारतीय सेनाले सीमापार आउन खोजेकोमा चिनियाँ पक्षले त्यहाँ रोक लगाउन प्रयास गरेको चिनियाँ पक्षको दाबी छ ।

तर, भारतीय पक्षले भने चिनियाँ सेना सीमा प्रवेश गर्न खोजेको आरोप लगाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस