Techie IT
  • २०८१ वैशाख ११, मंगलबार

इजरायली आक्रमणमा सात जना सहायताकर्मीको मृत्यु


इजरायली आक्रमणमा गाजाका मानिसलाई खाना र पेय पदार्थमार्फत मद्दत गर्ने संस्था ‘वर्ल्ड सेन्ट्रल किचन’का सात जना कर्मचारीको मृत्यु भएको छ । आक्रमणपछि सहायता संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’ ले गाजामा आफ्नो सहायता कार्यक्रम सञ्चालन बन्द गरेको छ ।

यो संस्थाले गाजामा आवश्यकतामा रहेकाहरुलाई खाना र पानी सहयोग गर्न खटिनेहरुले ज्यान गुमाएका बताएको बीबीसीले जनाएको छ । सहायता संस्थाले ३ वटा गाडीमार्फत राहत सामग्री उपलब्ध गराउँदै आएकामा आक्रमणबाट  ३ वटै गाडीमा क्षति पुगेको खबरमा उल्लेख छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेनाले ‘अनजानमा’ सहायता संस्थाका प्रतिनिधिहरु आक्रमणमा परेका प्रतिक्रिया दिएका छन् । उनले  फेरि यस्तो घटना नदोहोरियोस भनेर सुनिश्चित गर्न प्रयासरत रहेको बताएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट