Techie IT
  • २०८१ जेष्ठ ८, मंगलबार

दिल्लीका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउने आम आदमी पार्टीको निर्णय


भारतको आम आदमी पार्टीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिरासतबाटै सरकार चलाउने बताएको छ । भ्रष्टचारको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले केजरीवाललाई पक्राउ गरेपछि उनको पार्टी आम आदमीले हिरासतबाटै सरकार चलाउने बताएको एएफपीले जनाएको छ ।

यसअघि गएको महिना इडीले पक्राउ गरेपछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । यस्तै विगतमा लालु यादव र जयललिता ले मुख्यमन्त्री रहँदै पक्राउ पर्दा पदबाट राजीनामा दिएका थिए । तर, केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छैनन् ।

भ्रष्टाचार विरोधी आन्दोलनबाट राजनीतिमा उदाएका आम आदमी पार्टीका प्रमुख एवम् दिल्लीका मुख्यमन्त्री केजरीवाल भ्रष्टाचारकै आरोपमा पक्राउ परेका हुन् । सन् २०२१ मा जाँडरक्सी बिक्री वितरणको सम्बन्धमा नयाँ नीति ल्याएको र त्यस नीतिबाट दिल्ली सरकारले भ्रष्टाचार गरेको ईडीको आरोप छ ।

यसैबीच आम आदमी पार्टीले केजरीवालले कारागारबाट सरकार चलाउने कुरा गरेपछि कानूनी विशेषज्ञहरूले आपत्ति व्यक्त गरेका छन् । कानूनले कारागारबाट सरकारको नेतृत्व गर्न निषेध नगरेको भए पनि केजरीवालले कारागारबाट आफ्नो कर्तव्य निर्वाह गर्न विभिन्न कठिनाइको सामना गर्नुपर्ने कानूनबिद्हरुको भनाई छ ।

कारागारभित्र सबै समान हुने र कारागारको नियम सबैलाई समानरूपमा लागू हुने संवैधानिक विज्ञ पीडीटी आचार्यले बताएका एएफपीले जनाएको छ ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट