Techie IT
  • २०८१ वैशाख ६, बिहीबार

युक्रेनको अव्डिभका शहरमा रुसी कब्जा


रुसले कब्जा गर्न थालेपछि युक्रेनले पूर्वी शहर अव्डिभकाबाट आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको छ ।

युक्रेनी सशस्त्र सेनाका कमान्डर ओलेक्जेन्डर स्टिरस्कीले आफ्ना सेनालाई फिर्ता बोलाइएको बताएका बीबीसीले उल्लेख गरेको छ । अव्डिभका शहरलाई रुसी सेनाले घेरा हालेर राखेका छन् । एक–दुई दिनमा युक्रेनी सेना फिर्ता नभएमा ठूलो क्षति हुने देखेपछि फिर्ता बोलाइएको खबरमा उल्लेख छ ।

‘सयौँ सैनिकको जीवन र स्वास्थ्य जोगाउन हामीले सहरबाट उनीहरूलाई फिर्ता बोलाएर रक्षात्मक हुने निर्णय गरेका हौँ’, सेनाका कमान्डर स्टिरस्कीले भनेका छन् ।

युक्रेनमा पछिल्लो समय केही कमजोर देखिएको रुसी आक्रमण फेरि बढिरहेको छ । अहिले कब्जा गर्न थालेको अव्डिभका शहर डोनेट्स्क क्षेत्रको प्रमुख र ठूलो सहर हो । यो सहर रुसले कब्जा गरेमा युक्रेनलाई गम्भीर धक्का पुग्ने खबरमा उल्लेख छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट