Techie IT
  • २०८१ वैशाख ११, मंगलबार

रुसी राष्ट्रपति पुटिनका आलाेचक नभाल्नीकाे जेलमा निधन


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलाेचक मानिएका एलेक्सी नभाल्नीकाे जेलमा आज निधन भएकाे कारागार प्रशासनले जनाएकाे छ ।

४७ वर्षीय प्रतिपक्षी नेता नभाल्नीलाई केही समययता ठाउँसारी गरेर आर्क्टिक सर्कल जेलमा राखिएको थियो । केहीबेर हिँडेपछि बिरामी भएका नभाल्नी अचेत भएका र तत्कालै आपत्कालीन सेवालाई खबर गरे पनि बचाउन नसकेकाे बीबीसीले जनाएकाे छ । नभाल्नीकाे मृत्युकाे कारण पहिचान गर्ने प्रयास भइरहेकाे खबरमा उल्लेख छ ।

नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो । कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका थिए ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट