Techie IT
  • २०८० फागुन ११, शुक्रबार

गाजामा मानिसहरुको असह्य पीडा छ : अन्तर्राष्ट्रिय रेडक्रस समिति


काठमाडौं । प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाको आह्वानसहित अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष युद्धग्रस्त क्षेत्र गाजा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मिर्जाना स्पोल्जारिक आफू गाजामा रहेको र मानिसहरुको असह्य पीडालाई देखिरहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले केही बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भइ शुक्रवारदेखि पूर्ण रूपमा युद्ध सुरु भएपछि उनी गाजा पुगेका हुन् । उनले गाजामा सर्वसाधारणका लागि कुनै पनि स्थान सुरक्षित नहुनु अस्वीकार्य रहेको बताएका छन् ।

बन्धकलाई रिहा गर्नुपर्ने र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्नेमा उनको जोड छ । त्यहाँ सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव नरहेको आईसीआरसीले विज्ञप्तिमा जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट