Techie IT
  • २०८० मंसिर २६, मंगलबार

चिनियाँलाई ठगेको आरोपमा म्यानमारले ३१ हजार जनालाई चीनको जिम्मा लगायो


म्यानमारको सैन्य सरकारले चिनियाँलाई ठगी गरेको आरोपमा ३१ हजार जना संदिग्धलाई चीनकाे जिम्मा लगाएकाे छ । उनीहरूमाथि फोन र इन्टरनेटको माध्यमबाट चिनियाँलाई ठगी गरेको आरोप छ । यीमध्ये ६३ जना आपराधिक गिरोहका शीर्ष नेता रहेको चीनले जनाएको छ ।

पछिल्ला केही हप्ताहरूमा चिनियाँ सरकारले म्यानमारको सीमाना नजिक बसोबास गर्ने आपराधिक गिरोहविरुद्धको अभियानलाई तीव्र पारेको छ । यी आपराधिक गिरोह चीनसँगको म्यानमार सीमा नजिक सक्रिय छन् । उनीहरूले चिनियाँलाई निसाना बनाएर ठगि गरेको आरोप छ ।

तर यति ठूलो सङ्ख्यामा मानिसहरूलाई चीनको हातमा सुम्पिनुको एउटा कारण म्यानमारको सेना र जातीय समूहहरूबीचको हिंसा भएको खबरमा उल्लेख छ । म्यानमार सरकारले आफ्ना विरोधीलाई अनेक आरोप लगाएर चीनलाई सुम्पिएको आरोप लाग्ने गरेको छ ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट