Techie IT
  • २०८० मंसिर २४, आइतबार

जोर्डनले ‘फिल्ड’ अस्पतालको लागि पठाएको बन्दोबस्तीको सामान गाजा पुग्यो


इजरायल र गाजा क्षेत्रको शासक हमासबीच अक्टोबर ७ मा भएको युद्धपछि पहिलो पटक जोर्डनले पठाएको फिल्ड अस्पतालका लागि बन्दोबस्तीका सामान आज सोमवार गाजा पट्टीमा पुगेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

गाजा अस्पतालका महानिर्देशक मोहम्मद जकाउतले भन्नुभयो, ‘अक्टोबर ७ पछि प्रत्येक दिन सयौँ घाइतेहरूको आगमन र हवाई आक्रामण जारी छ ।’ घाइते र बिरामीहरूलाई लिनका लागि दक्षिणी अस्पतालहरूले सामना गरिरहेको विपत्तिपूर्ण परिस्थितिका कारण खान युनिसमा फिल्ड अस्पतालको स्थापना गर्न लागिएको हो ।

गाजामा झन्डै ३० हजार घाइते व्यक्तिहरू उपचारको पर्खाइमा रहेको हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजामा ज्यान गुमाउनेको सङ्ख्या १३ हजार नाघेको र तीमध्ये धेरैजसो सर्वसाधारण रहेका मन्त्रालयले आइतवार जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा झन्डै एक हजार दुई सय जनाको ज्यान गएको थियो जसमा धेरैजसो सर्वसाधारण पनि थिए भने झन्डै चार सय जनालाई बन्धक बनाइएको थियो ।

हप्तौँदेखिको भीषण बमबारी र इन्धन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण गाजाका धेरैजसो अस्पतालले काम गर्न छाडेका छन् ।

गाजामा रहेको ‘मेडिकल एड’ का प्रमुख एड यागीले फिल्ड अस्पतालले विद्यमान स्वास्थ्य सेवाहरूको दबाब कम गर्न मद्दत गर्ने बताए । यागीले एएफपीसँग भने, ‘सीमित स्वास्थ्यकर्मीको सङ्ख्या र एम्बुलेन्स सेवाले तत्कालका लागि उपचार सेवा प्रवाह गर्नेछन् ।’

जोर्डनको फिल्ड अस्पताल १७ जना सुरक्षाकर्मी र ४० ट्रक मेडिकल सहायता लिएर गाजा पुगेको थियो ।

इजिप्टसँगको राफा नाका हुँदै गाजा प्रवेश गर्ने सबै सामान र व्यक्तिहरू इजरायली स्वीकृतिमा मात्र प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न पाउँछन् ।

गाजाको ‘क्रसिङ अथोरिटी का प्रमुख हिशाम अद्वानले कुवेतबाट छ वटा एम्बुलेन्स पनि सोमवार गाजा प्रवेश गरेको जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट