Techie IT
  • २०८१ वैशाख ८, शनिबार

पेड्रो सान्चेजद्वारा स्पेनको प्रधानमन्त्रीको शपथ ग्रहण


काठमाडौं, ३ मङ्सिर । पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन् । पेड्रो सान्चेजले स्पेनका राजा फेलिप छैठौंसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका हुन् ।

पालासियो डे ला जर्जुएलामा आयोजित समारोह आधिकारिक राज्य बुलेटिन (बीओई) मा सान्चेजलाई प्रधानमन्त्रीको रूपमा पुष्टि भएको दुई घण्टापछि गरिएको थियो । सन् २०१८ र २०२० मा शपथ ग्रहण गर्दा जस्तै, सान्चेजले स्पेनिश संविधानको प्रतिलिपिमा शपथ लिए ।

शपथ ग्रहण गरेपछि राजा फेलिपले सान्चेजलाई कार्यालयमा फर्किएकोमा बधाई दिए । बिहीबारको इन्भेष्टिचर भोटमा सान्चेज पक्षमा १७९ र विपक्षमा १७१ मत पाएर प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका थिए । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट