Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियकोरोना भाइरस प्रभावित व्यापार र पर्यटन ब्युँत्याउन क्युआर कोड अपनाउन चिनियाँ राष्ट्रपति सीको प्रस्ताव

कोरोना भाइरस प्रभावित व्यापार र पर्यटन ब्युँत्याउन क्युआर कोड अपनाउन चिनियाँ राष्ट्रपति सीको प्रस्ताव


काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसबाट प्रभावित भएको व्यापार र पर्यटन ब्युँत्याउन क्युआर कोड अपनाउन विश्वका नेताहरू समक्ष प्रस्ताव गरेका छन ।

जी ट्वेन्टीको शिखर सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनमा प्रयोग भइआएको क्युआर कोडलाई मान्यता दिन विश्वका नेताहरूलाई सुझाउ दिए ।

क्युआर कोडले कोरोनाप्रभावित अन्तर्राष्ट्रिय व्यापार र पर्यटन क्षेत्रलाई पुनर्बहाली गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका हुन ।

उनले भने “ भाइरसलाई एक्ल्याउँदै हामीले वैश्विक औद्योगिक र आपूर्ति शृंखलालाई सुरक्षित तथा सहज सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।”

साथै उनले अन्तर्राष्ट्रिय व्यापारका लागि अतिरिक्त भन्सार शुल्क र बाधा हटाउनुपर्ने र चिकित्सा आपूर्तिका लागि महत्वपूर्ण विषय उदार व्यापार अपनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए ।

उनले यसका लागि संयन्त्रहरूको विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै कोरोना प्रभावित क्षेत्रमा मानिसहरूको प्रवाहलाई सहज बनाउन यसको सिर्जना आवश्यक भएको आग्रह गरे ।जनताको स्वास्थ्य जानकारी दिने क्युआर कोड यसका लागि महत्वपूर्ण उपाय हुने उनले बताए ।

चीनमा क्युआर कोड प्रयोग भइरहेको छ । कोरोनाभाइरसलाई पत्ता लगाउने स्वास्थ्य एप विश्वका विभिन्न देशमा प्रयोग भइरहेको छ । तर त्यसको प्रयोग अन्तर्राष्ट्रिय रूपमा हुन सकेको छैन । क्युआर कोडको वैश्विक प्रणाली अहिले बनेको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!