Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियजसले शरीरमा ट्याटु खोपेका कारण जागिर पाइनन्

जसले शरीरमा ट्याटु खोपेका कारण जागिर पाइनन्


एजेन्सी । धेरै मानिसहरुले ट्याटुलाई शोखको रुपमा लिने गर्छन् । त्यसले कालान्तारमा धेरै असर गर्न सक्छ भन्ने ख्याल गर्दैनन् । ट्याटुले शरीर भित्र मात्रै नभएर बाहिर पनि हानी पु¥याउन सक्छ । त्यसको उदाहरण बनेकी छिन्, स्कटल्यान्डकी एक युवती ।

विक्टोरिया थामसन नामकी एकजसले शरीरमा ट्याटु खोपेका कारण जागिर पाइनन् युवतीले एक स्टोरमा कामको लागि आवेदन दिएकी थिइन् । अन्र्तवार्ताको लागि उनलाई स्टोरले बोलायो तर, उनको शरीरमा भएको धेरै ट्याटुको कारण म्यानेजरले कामको जिम्मा नदिने भएको बताइएको छ । १८ वर्षीया विक्टोरियालाई मालिकले ट्याटुकै कारण काम नदिने भएका हुन् ।

अन्तर्वार्ताका लागि उनलाई बोलाउँदा विक्टोरिया निकै खुशी भएकी थिइन् । तर, उनको शरीरमा ट्याटु भएकै कारण म्यानेजरले काम नदिने थाहा पाएपछि धेरै निराशा भइन् । विक्टोरीयाले काममा आवश्यक परेमा ट्याटु छोप्न पनि सकिने थियो भन्दै आक्रोस पोखेकी छिन् । उनले आफु महिला भएकै कारण भेदभाव भोग्न परेको बताएकी छिन् । तर, विक्टोरियालाई जागिर नदिनुको कारण त्यो अफवाह भएको र त्यसमा कुनै दम नभएको स्टोरका म्यानेजरले प्रतिक्रिया दिएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक, संसद
ट्याग : #tattoo

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!