Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियपेन्सिलभेनियामा हुलाकी भोट हटाउन गरिएको ट्रम्पको माग दाबी खारेज

पेन्सिलभेनियामा हुलाकी भोट हटाउन गरिएको ट्रम्पको माग दाबी खारेज


काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिलभेनियाको निर्वाचन परिणाममा धाँधाली भएको भन्दै हुलाकी भोट हटाउन गरेको माग दाबीलाई एक संघीय न्यायाधीशले खारेज गरेका छन ।

ट्रम्पका प्रतिस्पर्धी जो बाइडन त्यहाँबाट मतगणनाबाट जितेको परिणामलाई परिवर्तन गर्न यो मुद्दा दायर गरिएको थियो ।

अमेरिकी जिल्ला अदालतका म्याथु ब्रानले ट्रम्पको निर्वाचन परिणाम उल्टाउने गरी दायर गरिएको मुद्दा खारेज गरेका हुन ।

ब्रानले करोडौं मध्ये कुनै मतलाई हटाउने अधिकार आफूसँग नभएको जनाएका छन ।

ट्रम्पका वकिल रुडी गिउलियानीले यो फैसलाबारे कुनै टिप्पणी गरेका छैनन ।

नोभेम्बर ३मा सम्पन्न निर्वाचनमा भएको अन्तिम मतदानको मत गणनाबाट जो बाइडन निर्वाचित भइसकेका छन । ट्रम्पले आफ्नो हार स्वीकार नगरी अदालती प्रक्रियाबाट निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन ।

पेन्सिलभेनिया मिसिगन लगायत केही राज्यको मतदान पल्टाउन सकिए जित आफ्नो पक्षमा हुन सक्ने देखेर धाँधली भएको विभिन्न मुद्दा दायर गरिहेका छन । ठोस प्रमाण बिना गरिएको प्रयास अहिलेसम्म असफल हुँदै आएको देखिएको छ ।

जनवरी २०मा ट्रम्पले बाइडनलाई औपचारिकरूपमा सत्ता हस्तान्तरण गर्ने अमेरिकी प्रक्रिया रहेको छ । अमेरिकी चलन अनुसार ट्रम्पले हार स्वीकार गर्न ढिलाइ गरिरहेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!