Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियडलर पन्छाएर ब्रिक्स प्लसका देशहरूका आफ्नै वित्तीय प्रणाली हुने

डलर पन्छाएर ब्रिक्स प्लसका देशहरूका आफ्नै वित्तीय प्रणाली हुने


काठमाडै । डलर पन्छाएर ब्रिक्स प्लसका देशहरूका आफ्नै वित्तीय प्रणाली हुने पूर्वानुमान बेलायतका पूर्व सांसद जर्ज ग्यालोवेइले गरेका छन ।

विद्यमान वैश्विक वित्तीय प्रणाली भत्किन सक्ने र यस्तो अवस्थामा उदीयमान देशहरूको समूह ब्रिक्स र यससँग जोडिएका देशहरूका आफ्नै वित्तीय प्रणाली बनन सक्ने उनले बताएका हुन ।

केन्द्रइ बैंकहरूले परिमाणतमक सहजीकरणको नीतिले यस्तो अवस्था सिर्जना हुन सक्ने उनले म्याक्स केइसरसँगको अन्तर्वार्तामा जनाएका छन ।

बेलायती राजनीतिज्ञ ग्यालोवेइले द्रुतगतिमा क्रिप्टोकरेन्सीमा भइरहेको विकास र राजनीतिक लक्ष्यहरूका बारेमा कुराकानी गर्दै विद्यमान वैश्विक वित्तीय प्रणाली भत्किने बताए ।

अमेरिकाको तारामो रहेका भेनेजुएला र इरान मात्रै नभइ अन्य वैश्विक शक्ति देशहरू पनि बिटक्वोइन प्रति बढी आकर्षित हुने उनले विश्वास व्यक्त गरे ।

उनले डलर माथिको निर्भरता कम हुन गइ ब्रिक्स प्लसका देशहरूमा आफ्नै प्रकारको वित्तीय प्रणाली निर्माण गर्नुपर्ने अवस्था आउने बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!