ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
असार ८ । ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार त्यहाँ एकै दिन ब्राजिलमा ६४१ जनाको मृत्यु भएको छ। हालसम्म ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार ६१७ पुगेको छ।
ब्राजिल अहिले कोरोनाबाट अमेरिकापछि सबै भन्दा बढी प्रभावित हुने देश बनेको छ। अमेरिकामा कोरोनाबाट अहिलेसम्म एक लाख २२ हजारको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा संक्रमितको संख्या पनि १० लाख नाघेको छ। ब्राजिलमा कुल संक्रमितको संख्या १० लाख ८६ हजार पुगेको छ। ब्राजिलमा अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना ठिक भएका छन्।
यसै गरी अमेरिकामा संक्रमितको संख्या २३ लाख ५६ हजार ६ सय ५७ रहेको छ। अमेरिकामा हालसम्म ९ लाख ८० हजार भन्दा धेरै निको भइसकेका छन्।
यसै गरी पाँच लाख ८४ हजार ६ सय ८० जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ८ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। संक्रमितको हिसाबले चौथो स्थानमा रहेको भारतमा हालसम्म चार लाख २६ हजार ९ सय १० संक्रमित रहेका छन्। भारतमा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ। हालसम्म भारतमा १३ हजार ७ सय तीन जनाले ज्यान गुमाइसकेका छन्।
विश्वभर संक्रमितको संख्या ९० लाख भन्दा धेरै छ। यसैगरी विश्वभर चार लाख ७० हजार भन्दा बढीले ज्यान गुमाएका छन्। विश्वमा ४८ लाख ३४ हजार मानिस निको भएका छन्।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
स्वास्थ्य
ट्याग : #breaking,
#Corona