Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियहुवावेइबाट होइन अमेरिकाबाट हुने जासुसी खतरा बढ्दो

हुवावेइबाट होइन अमेरिकाबाट हुने जासुसी खतरा बढ्दो


काठमाडौ । अमेरिकाले हुवावेइले जासुसी गरेको हल्ला फैलाउनुमा आफूले युरोपमा थोपरेको जासुसी खतरालाई जोगाउनु रहेको खुलासा भएको छ ।

बेलायती लेखक तथा राजनीतिक विश्लेषक टम फउडीले यस्तो बताएका हुन ।

अमेरिकाले डेनमार्कमा गरिरहेको निगरानीबाट यो मात्रै खुलेको होइन अमेरिकाले निरन्तर युरोपका देशहरूमा निगरानी गरी आएको पनि खुलेको छ ।

हुवावेइको नाममा आफ्नो ढाकछोप गर्नु मात्र रहेको छ ।

डेनमार्कको सार्वजनिक प्रसारण संस्था डीकेले अज्ञात स्रोतलाई उल्लेख गरी अमेरिकाको राष्ट्रिय सुरक्षा नियोगले देशका गुप्तचरसेवाको सहयोग गरी डेनमार्कका मन्त्रालयहरूमा जासुसी गरिरहेको जनाएको छ । डेनमार्कको वित्तीय र विदेशमन्त्रालयहरूमा अमेरिकाले जासुसी गरिरहेको खुलाइएको छ ।

यो जासुसीको उद्देश्य भनेको डेनमार्कको लडाकु जेट किन्ने सूचना संकलन गर्नु रहेको छ ।

सामान्यरूपमा अन्तर्राष्ट्रिय अंग्रेजी मिडियाले डेनमार्क र निदरल्यान्डस जस्ता देशलाई धेरै जसो बेवास्ता गरेका हुन्छन । अमेरिकाले सफा सञ्जाल‘क्लिन नेटवर्क’को चर्चा आक्रामकरूपले चलाएर चिनियाँ प्रविधि कम्पनी हुवावेइलाई उसका दुरसञ्चार उपकरणको व्यवसायलाई निकाल्न लगाउने अभियान चलाउँदा जासुसीको जोखिम‘एस्पिनोज रिस्क’ पदावलीबाट यो खुलासा हुन पुगेको हो ।
युरोपमा जासुसीको खतरा चीनबाट नभइ आफू नजिक रहेको थाहा हुन पुगेको हो ।
अमेरिकाले युरोपेली देशहरूमा जासुसी सम्बन्धी सम्झौता गरेको छ । यसको उद्देश्य व्यापारिक प्रयोजन हो ।
जब कि हुवावेइ विरूद्ध आरोप लगाइपनि उसका उपकरणले जासुसी गरेको प्रमाण अहिलेसम्म उपलब्ध हुन सकेको छैन न त त्यो आरोप प्रमाणित नै भएको छ ।
सैन्य औद्योगिक प्रतिष्ठान अमेरिकाको मेरूदण्ड हो । लकहीड मार्टिन, बोइङ र रेथन जस्ता अमेरिकी कम्पनीको प्रभाव र पहुँच अमेरिकी राजनीतिक क्षेत्रमा धेरै छ । उनीहरूले ठूलो मुनाफा मार्जिनका लागि आफ्नो प्रभाव र पहुँचको प्रयोग गर्ने गर्छन ।
उनीहरूले यसका लागि धेरै रणनीतिहरूको प्रयोग गर्छन । जसमा थिंकटयांकहरूलाई सैन्य आधारित विदेशनीति र आक्रमणलाई प्रवद्र्धन गर्ने नीति बनाउन लगाउनु पनि एक हो । यो काम सेनटर फर स्ट्रेटेजिक एन्ड इन्टरनेशनल स्टडिजबाट हुन्छ । तर यो भन्दा बढी सांसदहरूबीच लबिङ गर्नेहरूबाट हुने गर्छ ।

उदाहरणको रूपमा निक्की हेलीलाई लिनुस , उनी अहिलेसमम बोइङको कार्यकारी बोर्ड सदस्य रहेकी छिन । उनलाई हवाइक्षेत्रको बारेमा केही थाहा छैन तर उनलाई युद्ध भड्काउन र नवरूढीवादी नीति कार्यान्वन गराउन आउँछ ।
डेनमार्कले सैन्य उद्योग क्षेत्रबाट जासुसी भएको स्मरण गराएको छ ।

यसैगरी सन् १९९४मा अमेरिका इचेलन कार्यक्रमको दस्तावेज सार्वजनिक भयो । यसले युरोपियन हवाइ कम्पनी एयरबस र साउदी अरबबीचको सम्झौता हुन दिइएन । ६ अर्बमा हात यो सम्झौता बोइङ्लाई प्राप्त भयो । त्यसको केही वर्ष पछि अमेरिकाको राष्ट्रिय सिक्युरिट एजेन्सीले जासुसी गरेको खुलासा भएको थियो ।

त्यसैले डेनमार्कमा भएको नयाँ नभइ यो एक अमेरिकी प्रवृति हो ।

युरोपमा अमेरिकी जासुसी भइरहँदा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्लिन नेटवर्कको अभियान चलाइ हिँडेका छन ।

हुवावेइको विरोध गर्नुको पछाडि अमेरिकाले आफ्नो एक्लौटी नेटवर्क सञ्चालन गरी एक्लौटी निगरानी एकाधिकार कायम गर्नु रहेको छ । यसबाट चीन होइन अमेरिकाले विश्वमा सबैभन्दा ठूलो निगरानी गर्ने काम गरिरहेको प्रमाणित हुन्छ ।

क्लिन नेटवर्क पोम्पेओको स्वाङ बाहेक केही नभएको डेनमार्कको पछिल्लो प्रकरणबाट पुष्टि हुन पुगेको छ ।
चिनियाँ दुरसञ्चार कम्पनीको खतरा भन्दा अमेरिकाका खतरा बढी रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, विज्ञान, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!