Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

अमेरिकामा कोरोनाबाट मेर्नेको संख्या बढ्न थाल्यो, एकै दिन ५७३ को मृत्यु


काठमाडौँ, ७ असार । अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन ५७३ जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय भने मृत्यु हुनेको संख्यामा कमी आएको छ। तर, संक्रमितको संख्या भने झन् बढ्न थालेको छ । अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २१ हजार ९८० पुगेको छ ।

त्यस्तै शनिबार ३३ हजार बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या २३ लाख ३० हजारभन्दा बढी पुगेको छ ।

९ लाख ७२ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १७ हजारको अवस्था गम्भीर रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #Corona

प्रतिक्रिया


ताजा अपडेट