कोरोनाभाइरस महामारी र चीन विरूद्ध ट्रम्पको व्यापार युद्धबारे व्यापक छलफल भइरहेको छ । ‘मेड इन चाइना’ मा अमेरिकाको निर्भरताले उसलाई कमजोर बनाइरहेको छ । कतिपयको बुझाइका आधारमा अमेरिकी अर्थतन्त्रको सम्भावित समस्या अर्थतन्त्रको वास्तविक सन्दर्भमा चीनको राष्ट्रिय अर्थतन्त्र विश्वव्यापी रुपमा अमेरिकालाई धेरै पछि पारी अगाडि बढिरहको बताउने गरेका छन् ।
अमेरिकाले चीनलाई केही वर्षदेखि व्यापार नाकाबन्दी लगाउने चेतावनी दिँदै आइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनवरी २०१७ मा चीनको व्यापार अभ्यास र अमेरिकाको बौद्धिक सम्पति अधिकारको चीनले उल्लंघन गरेको विषयमा अनुसन्धान गर्नुपर्ने आह्वान ग¥यो । यो आह्वान अमेरिकाले चीनमाथि अतिरिक्त भन्सार शुल्क लगाएर चिनियाँ आयात हुन नदिने अभिप्रायका साथ यस्तो चेतावनीको नवीकरण गरियो । अनि सन् २०१९को सेप्टेम्बरमा अमेरिकाले चीनमाथि एक सय १२ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ उत्पादनमा अतिरिक्त भन्सार शुल्क थप्ने कार्ययोजनाको कार्यान्वयन ग¥यो । भूराजनीति र रणनीतिक आयामहरुको एक बुझाइ महत्वपूर्ण हुन्छ ।
चीनसँगको द्वन्द्व दुई पक्षीय व्यापारमा सीमित छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक कथन चीन विरूद्ध बढी आक्रामक हुँदै आएको छ । अमेरिकाको अव्यक्त उद्देश्य भनेको विश्वका धेरै देशहरुको सहभागितामा व्यापार सम्बन्धहरुको विकास गरिरहने उद्देश्यले अभिप्रेरित चीनको ‘बेल्ट एन्ड रोड इन्सिएटिभ(बीआरआई)’ बिथोल्नु हो । बीआरआईसम्बन्धी युरोएसियन आर्थिक एकीकरणको अमेरिकी पूर्वानुमानले अमेरिकी बर्चस्वका स्वार्थहरुको अतिक्रमण हुने गरेको छ । थमस पी काभानाले द डिप्लोम्याटमा गरेको टिप्पणीले यसलाई पुष्टि गरेको छ । उनी भन्छन् ‘दोस्रो विश्वयुद्धपछि स्थापित अमेरिकी वर्चस्वका आधारशीलाहरुका लागि आउँदा दिनमा बीआरआई खतरा हुन सक्छ ।’
अमेरिकाको जलमार्गमा सैन्य रणनीतिले चिनियाँ सागरहरुको पूर्व र दक्षिणमा अमेरिकी बर्चस्वलाई दोब्बर शक्तिशाली बनाउँछ । चीन नजिकका क्षेत्रमा धेरै अमेरिकी सैनिक आधार शिविरहरु छन् ।
तीतो बिडम्बना भनेको अमेरिकी राष्ट्रपति ट्रम्पका चीन विरूद्धका चेतावनीहरुका बाबजुद दुई देशबीचको व्यापार सम्बन्ध जोगाउन पहिलो चरणको व्यापार सम्झौता भयो । आर्थिक तथा व्यापार सम्झौता अमेरिका र चीनबीच सन् २०२० को जनवरी मध्यतिर सम्झौता भयो ।
अमेरिकी विश्लेषकहरुका अनुसार यो सम्झौताले दुई देशबीचको व्यापार युद्धलाई समाप्त पार्ने अपेक्षा थियो । तर, यस्तो भएन ।
चीन अमेरिका सम्बन्ध र कोरोना महामारी
यो सम्झौतामा हस्ताक्षर भएको दुई सातापछि चीनसँगको हवाइ यातायातमा कटौती गर्ने ट्रम्प प्रशासनको घोषणा सार्वजनिक भयो । यसले चीनसँगको यातायत तथा व्यापार सम्बन्ध र चिनियाँ उत्पादनको आयात सम्बन्धलाई विघटन ग¥यो । विश्व स्वास्थ्य संगठनका महानिर्देशकले जनवरी ३०, २०२० मा सार्वजनिक स्वास्थ्यको अन्तर्राष्ट्रिय संकटको घोषणा गरे लगत्तै ३१ जनवरी २०२० तत्काल त्यसलाई अनुशरण गर्ने ट्रम्पको निर्णय सार्वजनिक भयो । धेरै सन्दर्भहरुमा यो चीन विरूद्ध आर्थिक युद्धकलाको एक कार्य थियो ।
त्यसपछि ट्रम्प प्रशासनले चीन विरूद्ध पश्चिमा देशहरुसमेतको सहयोगमा चीन विरूद्धको गतिविधि बढायो । त्यसमा हवाइ तथा यातायात सम्बन्धको कटौती गर्ने निर्णय गरियो ।
अमेरिका चीन व्यापार, ‘मेड इन चाइना’ मा अमेरिकी निर्भरता
अतिरिक्त भन्सार शुल्क व्यापार बाधा जस्ता विषयको आवरणमा लुकेर बसेको ट्रम्प प्रशासनको उद्देश्य पूरा हुन नसक्नुमा चिनियाँ उत्पादनमाथि अमेरिकी निर्भरता मुख्य कारण रहेको देखियो ।
अव्यक्त सत्य भनेको अमेरिका भनेको कमजोर औद्योगिक तथा उत्पादनमुलक क्षेत्रसहितको आयात आधारित अर्थतन्त्र भएको देश हो । अमेरिकी आयातको ठूलो हिस्सा चीनमाथि निर्भर छ । अमेरिकाको वित्तीय वर्चस्व र अमेरिकी डलरको शक्तिका बाबजुद अमेरिकाको वास्तविक अर्थतन्त्रको संरचनामा गम्भीर कमजोरीहरू छन् ।
यो आयात निर्देशित आर्थिक संरचनाको एक लामो इतिहास छ । यो सन् १९७० को अन्त्यतिर सूत्रीकृत अमेरिकी नीति र १९८० को शुरुमा औद्योगिक आधारहरुलाई न्यून लागत भएको चिनियाँ स्थानहरुमा विस्थापित गर्ने नीतिको परिणाम हो । सन् १९७९ मा ल्याइएको विशेष आर्थिक क्षेत्र ‘सेज’ र विकास क्षेत्र वा विशेष व्यापार क्षेत्र अन्तर्गत सन् १९८४मा सामुद्रिक किनारमा खडा गरिएका १४ औद्योगिक शहरहरुमा समेत गरी अमेरिकी औधोगिक आधारहरुको विस्थापन गरियो ।
उच्च प्रविधि उत्पादन क्षेत्रहरुको पुनस्र्थापना गरियो ।
उच्च प्रविधि
गएका दशकसम्म उच्च प्रविधि उत्पादन र बौद्धिक सम्पत्तिमाथिको अमेरिकी वर्चस्व गुम्दै गयो । चीनले यस क्षेत्रमा अगुवाइ गर्न थाल्यो ।
चीनले अमेरिकालाई फाइभ जी जस्ता टेलिकम प्रविधि लगायत उच्च प्रविधिका विभिन्न क्षेत्रमा पछि पा¥यो । हुवावे बनाउने सबैभन्दा ठूलो कम्पनी छ र स्मार्टफोन उत्पादन गर्ने दोस्रो ठूलो कम्पनी छ । हुवावेले उच्च गुणस्तरको चिप बनाउने कम्पनीको रुपमा विकास गरेपछि उसको विरुद्धमा अमेरिका लागि प¥यो । पेन्सेलभानिया युनिभर्सिटीको हवर्टन बिजनेश स्कूलका अनुसार गएको दुई दशकमा चीनको प्रविधि क्षेत्र द्रुतगतिमा विकास गरेको छ । यसले अमेरिकालाई शीर्षस्थानबाट हटाउने गरी धक्का दिइरहेको छ । हुवावे, वीच्याट, बाइडु, टेन्सेन्टलगायत अन्य कम्पनीहरुले चिनियाँ अर्थतन्त्रको विकासमा सहयोग गरिरहेको छ । चीन र अमेरिका दुबै फाइभ जीको नेतृत्व गर्ने प्रतिस्पर्धामा छन् । चिनियाँ कम्पनीले जीत हासिल गर्दै गएको छ । रिबेका फ्यानिंगका अनुसार टेक्नोलोजीमा चिनियाँ उदयलाई सम्बोधन गर्न अमेरिकी नीतिको आवश्यक रहेकाले चीनको उदयप्रति अमेरिका चिन्तित भएको प्रस्ट पार्छ । मेड इन चाइना २०२५को चिनियाँ योजनाले विश्वव्यापी अगुवाइमा अमेरिकालाई वास्तवमै पछि पार्न लागेको हो । चिनियाँ योजनाको समानान्तर अमेरिकाको त्यस्तो कुनै योजना नभएको ह्वार्टन स्कूलको एक अन्तर्वार्तामा उल्लेख छ । सो चिनियाँ योजनामा हरित उत्पादन क्षेत्र, ऊर्जा बचत तथा नयाँ ऊर्जा वाहन, उच्च क्षेत्रका उपकरण उत्पादनका साथसाथै सूचना प्रविधि तथा रोबोटिक्सको क्षेत्रमा उत्पादन बढाउने योजना रहेको ग्लोबल टाइम्सले २० मे २०१५मा जनाएको थियो ।
‘मेड इन चाइना’ : अमेरिकामा खुद्रा व्यापार
राष्ट्रपति ट्रम्पले चिनियाँ उत्पादनको आयातमा रोक लगाउने निर्णय गरेपछि उपभोक्ता अर्थतन्त्र ध्वस्त पार्दै आर्थिक र वित्तीय अराजकता निम्त्याउनेछ । विश्वव्यापी रुपमा बिक्री हुने हरेक १० सेलफोनमा चीनमा बनेकाको सात सेलफोन रहेका छन् । विश्व उत्पादनको ६० प्रतिशत हिस्सा चीनको रहेको छ ।
अध्ययनहरुका अनुसार अमेरिकाको कूल गार्हस्थ उत्पादन जीडीपी बृद्धिमा अन्य देशको उत्पादनको योगदान छ । त्यसमा पनि चिनियाँ उत्पादनको योगदान छ । चिनियाँ आयात बिना अमेरिकी जीडीपी निराशमुखी हुनेछ ।
चिनियाँ नीति निर्माताहरुले अमेरिकी अर्थतन्त्रको ‘मेड इन चाइना’ माथिको निर्भरताबारे पूर्ण जानकारी प्राप्त गरेका छन् ।
१.४ अर्ब मानिससहित चीनको आन्तरिक बजारले बीआरआईलाई बलियो बनाएको छ । चीनको संस्थापक नेता माओत्से तुङका अनुसार ट्रम्प कागजी बाघ हुन् ।
दुई पक्षीय व्यापार संकट
चिनियाँ आयात अमेरिकामा महत्वपूर्णरुपमा घटेको छ । ट्रम्प प्रशासनले लगाएको आर्थिक बाधा अवरोधका कारण चीनबाट अमेरिकामा हुने आयात घटेको हो । सन् २०१८–२०१९ मा अमेरिकामा चीनबाट भएको आयात ४५२.२४३ अर्ब अमेरिकी डलर बराबर भएको थियो । यसको तुलनामा चीनबाट अमेरिकी आयात घटेर १०६.६२७ अर्ब अमेरिकी डलर बराबरमा आयो । सन् २०१९ मा चीनसँग अमेरिकाको व्यापार घाटा ३४५.६१७ अर्ब अमेरिकी डलर बराबरको छ ।
कोेरोनाभाइरस महामारी भए यता पहिलो तीन महिनमा चिनियाँ आयात २८ प्रतिशतले झरेको छ । फिनान्सियल टाइम्सका अनुसार अमेरिकामा हुने प्रत्यक्ष लगानी करिब ९० प्रतिशतले झरेर २० करोडमा झरेको छ । सन् २०१९को पहिलो त्रैमासिकमा चीनको औसत लगानी दुई अर्बको थियो । चीनको निर्यात अमेरिकामा घटे पनि युरोएसियामा बढेर गएको छ ।
यस्तो परिदृश्यमा अमेरिका चीन सम्बन्धको विकास भइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनालाई लिएर बिना कुनै प्रमाण आरोप लगाइ रहेका छन् । राष्ट्रपति पदको पुनः निर्वाचनमा भाग लिरहेका ट्रम्पले यसलाई आफ्नो चुनावी अजेण्डा बनाएका छन् वा अमेरिकी वर्चस्वलाई जोगाउन अन्तिम लडाईं लडिरहेका छन् त्यसका लागि चुनाव परिणामपछिका नीतिहरुले प्रस्ट पार्ने छ । तर कोरोना र व्यापार युद्ध छेडेर चीन विरूद्ध चालेको अमेरिकी पहलले चीनको उदयलाई आर्थिक परिदृश्यमा रोक्न सक्ने अवस्था देखिदैन । एजेन्सीको सहयोगमा/समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking