Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियबेलायतको लेबर पार्टीका पूर्व अध्यक्ष कोर्बिन निलम्बित

बेलायतको लेबर पार्टीका पूर्व अध्यक्ष कोर्बिन निलम्बित


काठमाडौ । बेलायतको लेबर पार्टीले आफ्नो पूर्व अध्यक्ष जेरेमी कोर्बिनलाई निलम्बित गरेको छ ।

पार्टीको मुख्य जिम्मेवारीमा रहेका बेला कोर्बिनले प्रताडना र विभेद जस्ता गैरकानुनी कार्यमा जिम्मेवार रहेको भनी पार्टीलाई जिम्मेवार ठहर गरिएको विषयमा गरिने अनुसन्धान पछि कोर्बिनलाई निलम्बित गरिएको हो ।

बेलायतको मानवअधिकारवादी संस्थाले यहुदी विरोधी नश्लवादी भावनाको विषयमा गम्भिर गलती गरेकोमा कोर्बिनलाई पहिचान गरेको छ ।

सो संस्थाले कोर्बिनले राजनीतिकरूपमा ऊजुरी प्रक्रियामा हस्तक्षेप गरेको जनाएको छ ।

कोर्बिनले यो विषयमा आफूले समस्या समाधान गर्न भरमग्दुर प्रयास गरेकोमा जोड दिएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!