Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियतीन मिनेटमै उड्ने यान बन्ने गुड्ने कार

तीन मिनेटमै उड्ने यान बन्ने गुड्ने कार


काठमाडौ । गुडिरहेको कार तीन मिनेटमै उड्ने यानमा परिवर्तन हुने वाहनको परीक्षण गरिएको छ ।

स्लोभाकियाको १५सय फिट आकाशमा यो कार तीन मिनेटमै उड्ने यान भएर उडान भरेको यसका विकासकर्ताहरूले जनाएका छन ।

स्लोभाकियाको कम्पनी क्लेइनभिजनले यो जमिन र हावामा यात्रा गराउन सक्ने यो वाहनको विकास गरेको छ । यो कम्पनीले बनाएको यो कारले गुडिरहेका बेला तीन मिनेटमा उड्ने यानको रूपमा बनेर आकाशमा उडाएको छ ।

यो कारको मूल्य तत्काल खुलाइएको छैन । यो वाहनबाट एक पटकमा ६२० माइलको यात्रा गर्न सकिन्छ । हावाबाट जमिनमा र जमिनबाट हावामा यात्रा गराउन सक्ने यो वाहन अर्को वर्ष बजारमा आउने अपेक्षा गरिएको छ ।

यो यानको डिजाइन प्रोफेस स्टेफन क्लेइनले गरेका छन । कारको रूपमा उपयोग हुँदा यो भारी हुन्छ भने यानको रूपमाा यो हलुका हुन्छ ।

यो सन्तुलन मिलाउन एयरकारका लागि प्रमुख चुनौती रहेको थियो ।दुई सिट मोडलमा यो यानलाई बनाइएको छ । २४२५ पाउन्ड वजन भएको यसले ४४० पाउन्ड भार प्रति उडानका लागि अतिक्ति भार बोक्न सक्ने क्षमताको भएको कम्पनीले जनाएको छ ।

बिएमडब्लुको १.६१ इन्जिन लगाइएको छ । यसको अनुमानित यात्रा क्षेत्र ६२१ माइल बराबर रहेको छ । यसलाई जमिनबाट हावामा जानका लागि कम्तीमा ९८४ फिटको धावन मार्ग आवश्यक हुन्छ र यसले १२४ माइल प्रतिघन्टाको गतिसम्म जान सक्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, विज्ञान, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!