Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियपहिलो अश्वेत महिलालाई डब्लुटीओको प्रमुख हुन नदिन अमेरिकाको विरोध

पहिलो अश्वेत महिलालाई डब्लुटीओको प्रमुख हुन नदिन अमेरिकाको विरोध


काठमाडौ । अमेरिकाले विश्व व्यापार संगठन डब्लटीओको प्रमुखमा पहिलो अश्वेत महिलाको रूपमा नाइजेरियाका पूर्व वित्तमन्त्रीलाई नियुक्त गर्ने निर्णयको अमेरिकाले विरोध गरेको छ ।

बुधबार १६४ सदस्यीय डब्लुटीओको समितिले न्गोजी ओकोन्जो इविलालाई नियुक्त गर्ने निर्णय गरेको थियो । उनी पहिलो महिला र पहिलो अफ्रिकी व्यक्तिको रूपमा डब्लुटीओको नेतृत्व गर्ने प्रस्तावमा बाधा आइपुगेको छ ।

अमेरिकाले दक्षिण कोरियाली महिला यु म्युङ हीलाई डब्लुटीओको प्रमुखको रूपमा स्वीकार गर्न दबाब दिएको छ । अमेरिकाले कोरियाली व्यापार मन्त्रीले डब्लुटीओको नेतृत्व गर्न पाउने अडान लिएको छ ।

यो छनौट प्रक्रिया चार महिना पूरा गरेर गरिएको हो । तर अमेरिकाले बाधा उत्पन्न गरेको हो ।

डब्लुटीओले जारी गरेको विज्ञप्तिमा अमेरिकाको व्यापार प्रतिनिधिले डब्लुटीओको नेतृत्व विशेष सिप भएको व्यक्तिले गर्नुपर्ने जनाएको उल्लेख छ । दक्षिण कोरियाली व्यापार मन्त्री उपयुक्त हुने दाबी गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!