Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियआइसियुमा भर्ना २१ वर्षीयासँग बलत्कार गरेको आरोप

आइसियुमा भर्ना २१ वर्षीयासँग बलत्कार गरेको आरोप


काठमाडौ । भारतको गुरुग्रामस्थित फोर्टिस अस्पतालको आइसियुमा भर्ना भएकी २१ वर्षीय क्षयरोगका बिरामीसँग अस्पतालको एक कर्मचारीले बलत्कार गरेको आरोप लगाइएको छ ।

अर्धचेतन अवस्थामा भेनिटलेटरको अवस्थामा रहेकी बिरामीसँग बलत्कार भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिरामीलाई चेतनाआएपछि बलत्कार भएको विषयमा आफ्नो पितालाई एक हस्तलिखित पत्र पठाइन । ्
परिवारका सदस्यले थाहा पाएपछि प्रहरीमा गएर बलत्कारको मुद्दा दर्ता गराएका छन ।

परिवारका सदस्यहरूको अनुसार उनलाई आइसियुको छुट्टै कोठामा उनलाई सारिएको थियो ।

सहायक प्रहरी आयुक्त उषा कुन्डुले पीडितका पिता उनलाई भेटन मंगलबार अस्पताल पुगेका बेला हातले लेखिएको सन्देश दिएर बलत्कारको कुरो बुझाउने प्रयास गरेको बताइन ।

अस्पतालले यसको आन्तरिक अनुसन्धान थालेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!