Techie IT
  • २०८० मंसिर २५, सोमबार

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रमको घोषणा


अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रमको घोषणा गरेका छन् । युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम शुभारम्भ गरिएको उनले बताए ।

बाइडेनले ट्विटरमा लेखेका छन्,‘ हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यक्रममा अर्को पुस्तालाई परिचालन गर्दैछौँ ।’ यो योजनाले २० हजारभन्दा धेरै युवालाई प्रशिक्षित गर्ने राष्ट्रपति बाइडेनले बताए ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बाइडेनले जलवायु सङ्कटले सम्पूर्ण मानवताका लागि अस्तित्वको खतरा उत्पन्न गरेको चेतावनी समेत दिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट