Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकासँगको नयाँ रक्षा सम्झौताका लागि भारतलाई ठूलो मूल्य चुकाउनुपर्ने कारणहरू

अमेरिकासँगको नयाँ रक्षा सम्झौताका लागि भारतलाई ठूलो मूल्य चुकाउनुपर्ने कारणहरू


प्रविण सावनी

आधारभूत विनिमय तथा सहयोग सम्झौता ( द बेसिक एक्सचेनज एन्ड कोपरेशन एग्रिमेन्ट –बेका)मा हस्ताक्ष गरेर भारतले तीन सेवा स्थल सेना, वायु सेना र जलसेनाका डिजिटिलीकृत सैनिक क्षमतालाई अमेरिकासमक्ष सम्भवतः बन्धक राखिसकेको छ । शुरूवातमा जस्तो सुनिएको रहे जस्तो यो छ भने ।

सन् २०१८मा सञ्चार सक्षमता तथा सुरक्षा सम्झौता ( द कम्युनिकेशन कम्प्याटिबिलिटी एन्ड सेक्युरिटी एग्रिमेन्ट–कमकासा)सँग ताल मिलाएर काम गरिरहँदा बेका सम्झौताले अन्तर सञ्चालन क्षमता विकास गरिरहन वा कुनै साझा शत्रु विरूद्ध साथसाथ लड्ने क्षमतामा बढी क्षमताको बृद्धि गराउने कुरो यस विषयमा दिइएको संक्षिप्त जानकारी तथा समाचारमा उल्लेख गरिए अनुसार व्यक्तिहरूले दिने जानकारीका आधारमा बुझिन्छ । यी दुई बाटोबाट प्राप्तहुने आँकडासमूह(डेटासेट्स) बेकामा दिइए अनुसार र प्रणालीहरू(सिस्टम्स) कमकासामा दिइए अनुसार भनिएजस्तो खराब छैन भने, भारतको मौलिक मारक शृंखला( सेन्सर टु शुटर नेटवक्र्स वर्किङ थ्रु अ कमान्ड सेन्टर) सम्भवतः त्यसको अमेरिकाको नियन्त्रणमा उसको विशाल साइबर सक्षमताहरूको मार्फत जानेछ ।

मोदी सरकारलाई विचारपूर्ण तरिकाले आत्महत्या गर्ने चरम कदम उठाउन किन बाध्य पा¥यो भन्ने विषयमा विचार गरिरहँदा भारत न त अमेरिकी सैनिक गठबन्धनको कुनै सदस्य हो न त अमेरिकाले उसको युद्धहरूमा लड्ने कुनै प्रतिबद्धता दिएको छैन देखिन्छ ?ब्रुकिङ्ग्स इन्स्टिच्युटकी बरिष्ठ फेलो तन्वी मदनले यसको उत्तर सुझाउँछिन । बेका हस्ताक्षर हुनअधिको पूर्वसन्ध्यामा उनले टिवटिन “तार्किकरूपमा डोकलामा र लद्दाख संकट बिना भारतले कमकासा वा भनिएजस्तो बेका स्विकार गर्नु पर्ने थिएन ।”

यथार्थ भनेको अमेरिकाको विशेष भौगोलिक गुप्त सूचना(जिओस्पेसल इन्टेलिजेन्स) र वास्तविक समयका फोटोहरू भएको डेटासेट्स प्राप्त गरी त्यसको सहयोगमा लामो दुरीका क्रुज क्षेप्यास्त्रसहितका अग्निवर्षकहरू,बहुपक्षीय रकेट प्रणाली र रूसी एस –४०० वायु रक्षा क्षेप्यास्त्र प्रणाली समावेश भएपछि ठिक ठाउँमा प्रहार गर्न पाउने आशमा शान देखाइरहन अपरीक्षित रणनीतिक सम्बन्ध अमेरिकासँग गाँसेर भारतले चिनियाँहरू अगाडि नाक फुलाउने नाक पनि काट्न पुगेको छ ।

भारत विशेष कमकासामा हस्ताक्षर गरेबाट भारतलाई उच्चरूपमा गुप्त वर्गीकृत सुरक्षा उपकरण दिइयो र बेका हस्ताक्षर गरेबापत अमेरिकाले भूमिको नक्शा, भूमिको क्षेत्र तथा सैनिक अभियानको योजना बनाइरहने क्षेत्रको मौसमसम्बन्धी विषय समावेश भएको आफ्नो सैन्य भुगोलिक सूचना प्रणाली (जिओग्राफिक इन्फोर्मिेसन सिस्ट –जिआइए) साझेदारी गर्न दिने भएको छ ।भारतले डेटा र भिडियो सहितको अमेरिकी भूउपग्रहका छवि, जिपिएस सैन्य समाधान तथा हवाईक्षेत्रमा उत्पन्न सम्पत्तिहरूबाट प्राप्त डेटासेट्स प्राप्त गर्ने भएको छ ।

अमेरिकालाई प्राप्त हुने विविध सेन्सरका डेटासेट्सको ठूलो परिमाण विशेष कमकासा उपकरणको मार्फत भारतीय कमान्ड केन्द्रहरूमा आउने छ । राम्रो गुणस्तर, वास्तविक समयको डेटासेट्सहरू डिजिटलीकृत युद्ध कलाकौशलका नयाँ हतियार भण्डारण भएपनि यसले सम्भवतः अमेरिकी सहयोगको कृत्रिम बौद्धिकताको उपयोग गरी अमेरिकासँगै भारतका आगो बर्षाउन खडा भएका तीन सेवाका प्लेटफर्ममा रहेका अन्य हतियार दुबैबाट सशस्त्र ड्रोनहरू पठाउन द्रुतगतिमा प्लेटफर्म निर्माण गर्न सक्ने देखिन्छ ।

यो परिदृश्यमा यो महान कार्य हुने छ । तर यसको गहिराईमा जाँदा भारतले साइबर मोर्चाका गतिविधिमा बदनियत फैलाउने अभ्यास गर्न पाउने छुट सहित अमेरिकालाई स्थान उपलब्ध गराइसकेको छ । खराब साइबर गतिविधिहरू मात्र साइबरस्पेसबाट मात्रै हुँदैन प्रणालीहरूबाट पनि हुन्छन । यस्ता सिस्टम्सहरूमा कम्प्युटर सफ्टवेयर,यसमा जडान गरिएका प्रोसेसर, राउटर, तारसहित वा तारबिनाका सबै प्रसारक, नियन्त्रकहरू वा यस्ता अन्य वस्तुहरू समावेश छन । जब यी प्रणालीहरूको पहुँच साइबरस्पेस मार्फत हुन पुग्छ त्यहाँ साइबर लडाकाहरूका लागि अन्य बाटाहरू उपलब्ध हुन पुग्छ उनीहरूले इन्टरनेटको उपयोग बिना कम्प्युटर प्रणालीमा भीषण त्रुटिहरू(एरर)को उपयोग गर्न सक्छन ।

उदाहरणका लागि अमेरिकाको कमकासा उपकरण साइबर तार्किक बमहरूसँग जोडिएको हुन सक्ने छन । यिनीहरू सानो खराबकम्प्युटर वस्तु( नानो मालवेयर वा मल्सियस सफ्टवेयर)कोडहरू हुन्छन जसले गर्दा निश्चित शर्तका आधारमा काम गर्न शुरू हुन्छ वा महिनौ वा अझ वर्षौ पछि पनि बाहिरबाट निर्देशन दिन गरिन्छ । उनीहरूले त्यसपछि डेटासेट्स फाइलहरूलाई मेटाउन शुरू गर्न सक्छन वा खराब गर्न शुरू गर्न सक्छन वा मारक शृंखलामा गलतकार्य आदेश पठाउन सक्छन वा क्षेप्यास्त्रलाई पु¥याउनुपर्ने ठाउँमा नपु¥याएर अन्तै पठाउन सक्ने निर्देशन दिन सक्नेछ । सुनिश्चित हुनुस विश्वका सर्वोत्तम ब्लास्टिक, क्रुज वा हाइपरसोनिक क्षेप्यास्त्रहरूको आधार उसको मारक शृंखलालाई सहयोग गरिरहने बलियो क्षमताको आधारमा निर्भर हुन्छ । अमेरिका, चीन र रूसजस्ता प्रमुख शक्तिराष्ट्रहरूले किन साइबर र इलेक्ट्रोनिक कठोरताको मारक शृंखला प्राप्त गर्न विशेष ध्यान दिन्छ त्यसको यसले व्याख्या गर्छ ।

अमेरिकी साइबर विज्ञले कमकासा सिस्टमको उपयोग गर्न पाउने प्राधिकार पाए उनीहरूले कमान्डमा रहेका डेटासेट्सलाई उनीहरू चाहेसम्म लामो समयका लागि खराब पार्न सक्छन । वा डेटासेट्सलाई विषालु बनाउन सक्छन जसले गलत परिणाम दिन सक्नेछ ।अमेरिकाले भारतीयहरूलाई सानो दुरी देखाउन सक्छन , भौतिक मापदण्ड भन्दा धेरै सानो ठूलो दुरीमा शक्तिकृत संकेतहरूको सम्पर्कमा रहेका रेडयो फ्रिक्वेन्सीको माध्यमबाट एक बिन्दुबाट अर्को बिन्दुमा यस्तो गर्न सक्छ । अझ भनौ अमेरिकाले साइबारस्पेसको माध्यमबाट नानो हतियारको प्रसारण गरी भौतिक पूर्वाधार बिगार्ने वा ध्वंस गर्न प्रभावकारी क्षमताको विकास गरिसकेको छ ।

यस विषयमा ध्यानदिनुपर्ने विषय विश्वको पहिलो नानो टेक्नलजिसँग जोडिएको साइबर हतियार द स्टुक्सनेट कम्प्युटर कीराको प्रयोग इरानको परमाणु कार्यक्रमलाई सन् २०१०मा ध्वस्त गर्न प्रयोग गरिएको आक्रमण छ । यो आक्रमणको पछाडि अमेरिकाको हात हुन सक्ने आंशका गरिएको थियो जसको साइबर डोमेनको भौतिक लिंक जोडिएको थियो । अमेरिकासँग धेरै साइबार हतियारहरू , टेक्निक र सक्षमताहरू छन जसमा सूचना खानी जडान गरिरहने, जासुसी सूचना संकलन, नेटवर्कको डेटा परिवर्तन गरिरहने, सूचना फोहरको थुप्रोमा फालिरहनु, प्रचारबाजी फैलाइरहनु, भ्रमपूर्ण सूचनाको प्रयोग गरिरहनु, सूचनाको क्लोन प्रसारण गरिरहनु, जासुसी केन्द्रको नेटवर्क स्थापित गरिहनु वा यस्तै गतिविधि गर्न सक्ने क्षमताहरू छन।
यी मध्ये कुनै पनि विषय अमेरिकाले भारतको विरूद्ध साइबर गतिविधिको गलत उपयोग गर्ने देखिदैन किनभने अमेरिकाले भारतलाई आफ्नो रणनीतिक साझेदार मान्छ । तर पनि यो क्षमताको विषय हो र मनसाय नहुने विषय सँग जोडिएको छ । कमकासा र बेकामा हस्ताक्षर गरे मोदी सरकारले अमेरिकालाई भारतीय सैन्य क्षेत्रको बढदो डिजिलीकृत क्षेत्रमा प्रवेश दिइसकेको छ जुन क्षेत्र अमेरिकी सैनिक संगठनका देशबाहेक अन्यसँग छैन जबकि सबै सँग तिनका मौलिक साइबर सक्षमता छन ।

अन्तर सञ्चालनसम्बन्धी समस्या घटने छैन । केन्द्रिकृत डेटा दिइएको अवस्थामा अमेरिकाको संयुक्त सेना समितिका अध्यक्ष जेनरल मार्टिन डिम्पसेले सन् २०१०मा अमेरिकी वायु सेनाले अब निर्णय लिन डेटाको प्रयोग गर्छन नकि परम्परागत सेन्सर शुटर साइकल प्रयोग गर्छन जुन यसका सैनिक गठबन्धनका देशहरूबाट जोडिएका १६ नेटवर्कबाट आउँछन । त्यसैले लिंक १६को विस्थापनका लागि क्लाउड आक्र्टिटेकचरको टयाक्टिकल परिचय गराउने विधि जारी छ । १९७०को दशकको संकलन लिंक १६सँग ब्यान्डविथमा सिमित भएका छन । यसले मात्र बोली प्रसारण हुन्छ । यो हरेक अभियानका लागि जटिल योजना हुन्छ । यससँग साइबर र इलेक्ट्रोनिक समस्याबाट आउने पीडिाबाट पीडित हुने अवस्था छ । गठबन्धनका सैनिकहरू जसमा बेका र सिसमोआ विशेषगरी कमकासाको विशिष्टतामा समावेश भएकाहरूले ट्याक्टिकल क्लाउडको उपयोग कुनै साझा शत्रुसँग लडन गर्ने गरी आबद्ध रहेका छन ।

सैनिक सम्झौताको आधार दिने यी सम्झौतामा हस्ताक्षर भएपछि भारत अमेरिका संयुक्त अभ्यासहरू अब हुन्छन । यसले क्रमिकरूपमा उन्नत प्रकारको ट्याक्टिक अभ्यास गराउने छ । भारतीय रक्षादललाई नया डेटा केन्द्रित युद्ध अवधारण र क्लाउड आक्र्टिटेक्चर अन्तर्गत यसबारे परिचित गराइ तालिम दिइन्छ ।

अझ भनौ उत्तर पाउनुपर्ने असल सवालहरूमा ः यी उन्नत युद्धका अवधारणाहरू किन राम्रा छन जहाँ भारतीय सेनाले प्रक्रियागतरूपले विभिन्न युद्ध अवधारणाहरू,सक्षमताहरू र क्षमताहरूका साथ लड्ने छन ?के युद्ध लडने अवधारणा दुई समूहमा छन जसमा अमेरिकासँग अभ्यास गरिरहने र अर्को चीन र पाकिस्तानका साथ लड्नुपर्ने बेला भारतले आफै तयारी गर्छ ? के भारतले यसको सिमित उच्च प्रोफाइललाई विभाजन गर्न सक्ने क्षमतामा छ विशेषगरी त्यतिबेला कुनै बलियो रक्षा औद्योगिक जटिलताको अभाव हुन्छ त्यतिखेर पुस्ता विभाजन गर्ने खालको यी दुई युद्ध तालिमको अवधारणका आधारमा लडाइ सक्षमताहरूलाई सहयोग गर्न सक्छ ?

के मोदी सरकासले बेकामा हस्ताक्षर गर्ने बेला यसको कार्यान्वयन आफै गरेको छ र यसअघि कमकासाका युद्ध तयारी बाहय खतरा भएका बेला गरेको छ ?

अन्त्यमा यो सबै चीनका लागि वा भारतको मित्र रूस जसले अझ भारतलाई लडाइ गर्ने प्लेटफर्म उपलब्ध गराउँछ त्यसका नाममा गुम्नेछ ।

(लेखक फोर्स म्याग्जिनका सम्पादक हुन , उनको लेख ‘ह्वाइ इनिडयाज लेटेस्ट डिफेन्स एग्रिमेन्ट विद द युनाइटेड स्टेटस मे प्रुभ अ कस्टली बारगेन’ शीर्षकको अनौपचारिक अनुवाद सान्दर्भिक लागेर प्रस्तुत गरिएको छ ।)


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार, राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!