Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीनले किन रूस चीन सैन्य गठबन्धनको प्रस्तावप्रति सजगतापूर्वक स्वागत ग-यो ?

चीनले किन रूस चीन सैन्य गठबन्धनको प्रस्तावप्रति सजगतापूर्वक स्वागत ग-यो ?


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस चीन सैन्य गठबन्धनबारे गरेको प्रस्तावप्रति सजगतापूर्वका स्वागत गरेको छ । आधुनिक चीनको संस्थापक नेता माओ त्से तुङ र रूसी नेता स्टालिनबीचको सम्झौता समाप्त भए यता पहिलो पटक पुटिनको रूपमा पहिलो रूसी नेताले यस्तो सैन्य गठबन्धनको प्रस्ताव गरेका हुन । पुटिनले रूसको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी एक मञ्च भाल्दाई क्लबको छलफलमा सहभागी भएर गत शुक्रबार रूस चीनबीचको सम्भावित सैन्य गठबन्धनको प्रस्ताव सार्वजनिक गरेका थिए । यस्तो गठबन्धनको सम्भावनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका थिए । जवाफमा उनले भने दुई देशबीचको सहयोग र विश्वको त्यस्तो स्तरमा पुगेको छ जहाँबाट सैन्य गठबन्धनको सम्भावना रहेको बताए । तर, सैद्धान्तिकरूपमा यस्तो गठबन्धनको आवश्यकता तत्काल नरहेको समेत बताएका थिए ।

राष्ट्रपति पुटिनले आउने समयले चीन र रूसको सम्बन्धको निरन्तरताले यो तय गर्ने बताएका थिए । यस्तो विषयमा कुनै विशेष लक्ष्य निर्धारण नगरिएको बताउँदै पुटिनले दुबै देशको सैनिकबीच निकटतम सम्बन्ध बनेको बताए । त्यसैले यो सम्भावनालाई खारेज गर्न नसकिने भन्दै यो अहिले खुलारूपमा रहेको बताए ।

चिनियाँ पर्यवेक्षकहरूले यो गठबन्धनलाई सदिच्छाको संकेतको रूपमा लिन सकिने बताएका छन । तर, उनीहरूले यो विचार ठोस आकार ग्रहण गर्ने सम्भावना बलियो नभएको पनि बताएका छन । अमेरिका र चीनबीचको सम्बन्ध निरन्तर खस्किदै गएको अवस्थामा यस्ता टिप्पणीहरू आएको हुनसक्ने देखिन्छ । पुटिनले यो धारणा सार्वजनिक गरेकै दिन संयोगले चिनियाँ राष्ट्रपति सी जिनफिङले भीषण सम्बोधन गरे । कोरिया युद्धमा चीनको प्रवेशको ७०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने “चिनियाँ सैनिक आक्रमणकारीहरूलाई पराजीत गर्ने लक्ष्य बनाइरहेको छ ।” उनले चीनलाई टुक्र्याउने अमेरिकी प्रयास विरूद्धमा चेतावनी दिँदै यस्तो भने ।

राष्ट्रपति पुटिनको टिप्पणीप्रति एक चिनियाँ अधिकारीले भने “राष्ट्रपति पुटिनका टिप्पणीहरूले दुई पक्षीय सम्बन्धको उच्चस्तर र विशेष प्रकृतिलाई दर्शाउँछ ।”

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ जिलियानले भने “चीन रूसको परम्परागत मैत्री सम्बन्धको कुनै सीमा छैन र दुईबीचको सहयोग विस्तार हुने कुनै बाधा छैन ।”

पुटिनको टिप्पणी अमेरिकामा भइरहेको राष्ट्रपति निर्वाचनसँग जोडिएर आएको हुनसक्ने विश्लेषकहरूको बुझाइ रहेको छ, एकातर्फ यो ऐक्यबद्धताको स्पस्ट संकेतलाई दर्शाउँछ भने अर्कोतर्फ औपचारिक सैन्य गठबन्धनको अपेक्षा नगरिएको दर्शाउँछ । उनीहरूका अनुसार यो अमेरिकी निर्वाचनको जारी चुनाव अभियानसँग आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडन यो विषयमा तर्क गरिरहेका छन । हरेकले आफूलाई चिनियाँ चुनौतीलाई राम्ररी सम्हाल्न सक्ने सक्षम व्यक्ति भएको दर्शाइरहेका छन ।

संघाई समाज विज्ञान प्रतिष्ठानका एक अनुसन्धानकर्ता लि लिफानले अमेरिकाको राष्ट्रपति निर्वाचन अभियानहरूले चीन र रूस दुबैलाई आलोचनाको तारो बनाइरहेको देखिएको बताए । यस सन्दर्भमा पुटिनले चीन रूस सम्बन्ध बलियो भएको दर्शाउन यस्तो भनेको हुन सक्ने उनको बुझाइ छ ।

सम्भावित सम्बन्ध रणनीतिक हतियार कटौती सन्धिसँग पनि हुन सक्ने देखिन्छ । नयाँ रणनीतिक हतियार कटौती सन्धिले अमेरिका र रूसलाई उनीहरूको परमाणु हतियारलाई सीमित गर्न लगाउँछ । रूस चीन ऐक्यबद्धताले अमेरिकालाई चीनलाई यो सन्धिमा सहभागी गराउन दबाब दिनका लागि दिइएको एक सन्देश दिइएको हुन सक्छ ।

यो सन्धि सन् २०२१को फेब्रुअरीमा समाप्त हुन्छ । रूस र अमेरिकाले यो सन्धिलाई अल्पकालीन विस्तारका लागि निर्णय गरिरहेका छन् ।

रूसी राष्ट्रपति पुटिनले हालै यो सन्धीमा चीनलाई सहभागी गराउन विषयको विपक्षमा नरहेको जनाएका थिए । तर उनले बेलायत र फ्रान्स यसमा हस्ताक्षर नगरेसम्म चीन दबाबमा यसमा सहभागी हुन नहुने चाहेको देखिन्छ ।
त्यसैले रूस चीन सैन्य गठबन्धन वास्तवमै बन्ने सम्भावना कम छ । आक्रमण भएको बले दुबै पक्षले एक अर्कालाई बताउने लिले जनाएका छन । उनले सैन्य गठबनधनको आवश्यकता तत्काल नभएको र अहिले जुन अवस्थामा स्थिति रहेको छ त्यो नै राम्रो छ ।

लिका अनुसार चीन अझ असंलग्न आन्दोलनको सदस्य छ । असंलग्न आन्दोलनमा १२० विकासशील देशहरू संलग्न छन । यसका कुनै पनि सदस्यहरूले कुनै पनि शक्ति देशको गठबन्धनमा औपचारिकरूपमा संलग्न भएका छैनन । दशकौं देखि चीनले स्वतन्त्र विदेश नीतिको चुरो विषयसँग संलग्न रही आएको देखिएको छ ।

पर्यवेक्षकहरूका अनुसार सम्भवतः असंलग्न आन्दोलनको औपचारिक त्याग नगरेसम्म चीनले रूससँगको सैन्य गठबन्धनमा सामेल हुन रूचि देखाउँदैन । साथै राष्ट्रपति पुटिनले पनि सैद्धान्तिकरूपमा यो गठबन्धनको औपचारिकतामा आंशका व्यक्त गरेको हुन सक्ने देखिन्छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #hot