Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियस्पेनमा कोरोनाले ल्यायो आपतकालीन अवस्था, रात्रिकालीन कर्फ्यूको घोषणा

स्पेनमा कोरोनाले ल्यायो आपतकालीन अवस्था, रात्रिकालीन कर्फ्यूको घोषणा


काठमाडौं, १० कात्तिक । स्पेन सरकारले आपतकालीन अवस्थासँगै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको छ ।

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि स्पेन सरकारले आपतकालीन अवस्था घोषणा गरेर राती ११ देखि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको प्रधानमन्त्री पेड्रो सान्चेजले बताए ।

उनले कर्फ्यू आजै रातिदेखि लागू हुने जानकारी दिएका छन् । पहिलो लहरमा कोरोना सङ्क्रमण फैलिएको बेलामा स्पेनमा लकडाउन घोषणा भएपछि सङ्क्रमित सँगै ज्यान गुमाउनेको संख्यामा कमि आएको थियो । अहिले फेरि सङ्क्रमण फैलने दर तीब्र रुपमा बढेको भन्दै रोकथामको लागि रात्रिकालिन कर्फ्यू लगाइएको हो ।

स्पेनमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ भने साढे ३४ हजारको ज्यान गएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #Corona, #hot