Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसंयुक्त राष्ट्र संघको हिरक वार्षिकोत्सवः पुराना समस्या,नयाँ चुनौती र वैश्विक समाधानहरू

संयुक्त राष्ट्र संघको हिरक वार्षिकोत्सवः पुराना समस्या,नयाँ चुनौती र वैश्विक समाधानहरू


द्मित्री मेद्वदेव (रूसका पूर्व राष्ट्रपति )

२४ अक्टोबरलाई परम्परागतरूपमा संयुक्त राष्ट्रसंघ दिवसको रूपमा मनाउने गरिएको छ । यो वर्ष २४ अक्टोबरले हिरक वार्षिकोत्सवको रूपमा सर्वाधिक सम्मानित हुने अवसर पाउँछ ।

सबै समस्या र संकटहरूका बाबजुद संयुक्त राष्ट्रसंघ र यसका सदस्य देशहरूले यी वर्षहरूमा जे जे समाना गरेका छन त्यस विषयमा यसका बडापत्रद्वारा स्थापित अन्तर्राष्ट्रिय वैधानिक तथा राजनीतिक संयन्त्रहरूले गर्दा हामीहरूले तेस्रो विश्व युद्धमा फसिरहनबाट जोगाउन र युद्ध पछिको विश्व प्रणालीलाई आकार दिइरहन उपस्थित गम्भिर विषयहरूको समाधान गर्न प्रवन्ध मिलाएकोमा ठूल्ठूला अभारहरू व्यक्त गर्न कसैलाई असहमति जनाउन गाह्रै पर्छ ।

दुर्भाग्यले विश्वले बीसौं तथा २१औं शताब्दीले ल्याएको समस्याहरूबाट सदैव सही पाठहरू सिकेको छैन । मैले तपाईहरूलाई स्मरण गराउँछु कि जतिखेर सोभियत संघलगायत यसका संस्थापक देशहरूले सन्तुलित तथा सुरक्षित विश्व,मानवअधिकारको प्रवद्र्धन र बढी भन्दा बढी न्यायपूर्ण विश्व प्रणाली गरी तीन सैद्धान्तिक विषयलाई यसको अभियान(मिसन)को रूपमा सूत्रीकृत गरे ।

राष्ट्रसंघको स्थापनानको एक वर्ष पछि मात्रै महादेशका जनतालाई स्वतन्त्रता दिने हिटलर विरोधी गठबन्धनमा हिजो सँगै रहेकाहरूले शीतयुद्धका बेला आफूहरूमा एक अर्काको प्रतिद्वन्द्वी समूहमा पाए जुन प्रवृति समय समयमा तातिँदै आएको छ ।आज समग्र मानव समुदायलाई सखाप पार्ने कुनै परमाणु युद्धको खतराको निरन्तरतामा विश्व करिब ४० वर्ष बाँचेको अवस्था कल्पना गर्न असम्भव जस्तो छ ।

विश्वलाई रसातलबाट फर्काउन र द्वन्द्वहरूको समाधानका वैधानिक ढाँचाबाट खोज्न संयन्त्रहरू बनाउन संयुक्त राष्ट्रसंघीय निकायहरूले धेरै काम गरे । निःशस्त्रीकरण , आम विनाशकारी हातहतियारको भण्डारण घटाउन र निर्मूलीकरण राष्ट्रसंघका प्रमुख उद्देश्यहरू मध्येको एक हो ।सन् १९७८मा राष्ट्रसंघको महासभाको पहिलो विशेष सत्रको निर्णयद्वारा निःशस्त्रीकरण सम्मेलन स्थापित भयो,विकसित भयो र जनताको सुरक्षा सुनिश्चित गर्न ,अन्तराष्ट्रिय तनावहरू घटाउन र परमाणु हातहतियारहरूको व्यवस्थापनका विषयहरूमा सदस्य देशहरूमा विश्वास निर्माण गर्न बनाइएको आधारभूत अन्तर्राष्ट्रिय समझौताहरू मध्ये एक सम्झौताको रूपमा अंगीकार गरियो ।सोभियत संघले यो प्रक्रियामा एक विशेष भूमिका खेल्यो । आज यो सम्झौताको विषयको अन्त्यसम्म पुग्न हामीले यसलाई अति आवश्यक विषयको रूपमा लिएर निरन्तर काम गरिरहनुपर्ने आवश्यकता छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले मानवजातिका लागि सर्वाधिक दबाबमूलक समस्याहरूको विषयमा परमाणु शक्ति सम्पन्न पाँचले प्रत्यक्ष शिखर सम्मेलनको आयोजना गर्नेबारे हामी आश गर्छौ ।रणनीतिक आक्रामक हतियारहरूको थप ह्रास तथा सिमा निर्धारणका मापदण्डहरूको महासन्धीको ढिलाईका विषयलाई तत्कालै समाधान गर्नुपर्ने आवश्यकता पनि छ ।हामीले यस विषयमा महत्वपूर्ण दस्तावेजको विस्तारमा आफ्ना चासो र स्थान स्पस्ट पारिसकेका छौं ।

ठिक यही बेला , हामीलाई हातहतियारको विद्यमान भण्डारण घटाउने सुनिश्चित गर्नुपर्ने आवश्यकता मात्रै नभएर सम्भावित नयाँ खतराहरूको जोखिम न्यूनत गर्नुपर्ने आवश्यकता पनि छ । यो धारामा रूसले युरोप र अन्य क्षेत्रमा नयाँ क्षेप्यास्त्र प्रणालीको तैनाथी गर्ने कार्य नगर्ने घोषणा गरेको छ ।हाम्रा पशिचमा साझेदारहरूले यस्तै कदम चाल्ने हामीले अपेक्षा गर्छौं । अन्तक्षिको सैनिकीकरण गर्ने कार्यमा एक बृहत प्रतिबन्ध लगाउन अन्तरिक्षमा क्रियाशील सबै शक्तिहरू समावेश हुने गरी एक वैधानिक बनदेजको निष्कर्षमा पुग्न हामीले सबैलाई आह्वान पनि गर्छौं । यो बाटोको सान्दर्भिकताको पुष्टि अन्तरिक्षमा हातहतियारहरूको होडबाजी रोक्न र अन्तर्राष्ट्रिय कानुन अनुसार अन्तरिक्षको उपयोग गर्ने विषयमा चासो व्यक्त गरी राष्ट्रसंघको महासभामा रूस प्रायोजित समाधानहरूको अंगीकरणबाट गरियो ।

दुखद विषय, शान्ति व्यवस्थित गर्न भएका सबै प्रयासहरूका बाबजुत हामीले अमेरिका र यसको सैनिक संगठन नेटोको सहयोगी देशहरूले सार्वभौम देशहरूको आन्तरिक मामिलाहरूमा हस्तक्षेप गर्न एकलौटीरूपमा आक्रमणकारी कारबाही र बलशाली प्रयासहरू गर्ने गरेको गतिविधिको हामी अझ साक्षी बनिरहेका छौ ।

विश्वका धेरै ठाउँहरूमा सैनिक भिडन्तका ठूला केन्द्रहरू छन, मानिसहरू दिनहु मरिरहेका छन । कुनै विधिको आधारमा राष्ट्रसंघको सुरक्षा परिषदद्वारा यस्तो कुनै अवस्थामा को सही छ र को गलत छ , को आक्रमणकारी छ र को पीडित छ त्यसको निक्र्यौल गर्न पाउने कुनै समन्वयकृत वैधानिकरूपमा निर्धारण गर्न यसले माग गर्छ । अन्यथा गलत समाचार, तथ्यहरूको भ्रष्टिकरण र विकासी युद्धकलाको यो युगमा कालो सेतोको रूपमा , गैर वैधानिक विषय वैधानिक रूपमा र सत्य तथ्यहरू टेलिभिजनका आकर्षक छविहरू तथा सामाजिक सञ्जालका पोस्टहरूमा पुरिने र प्रस्तुत गरिने जोखिम छ ।

यो सन्दर्भमा वैश्विक सूचना क्षेत्रको सुरक्षा सुनिश्चित गरिरहनु विशिष्ट महत्वको विषय छ ।अनतर्राष्ट्रिय साइबर सुरक्षाको नक्शांकन आधुनिक चुनातीका साथसाथै भविष्यमा हुने प्रविधिमा आधारित प्रगतिप्रति प्रतिक्रिया जनाउन ठीक हुने गरी गर्नुपर्ने छ । दुर्भाग्यले बढ्दो डिजिटलीकरणले वातावरण सूचनामा अपराधहरूको संख्या बढाउँछ (यस्ता अपराधहरू नयाँ कोरोनाभाइर महामारीको बेला उल्लेख्यरूपमा बढेको छ ) । रूसले पटक पटक साइबर आक्रमणको समस्या समाधान गर्न र सूचनाको प्रभावक्षेत्रको स्थायित्व सुनिश्चित गर्न विश्व समुदायलाई आह्वान गरेको छ ।

यसअघि ७३औं महासभाको सत्रमा रूस प्रस्तावित समाधान(रिसलुसन)लाई उत्साहजनक बहुमतले अंगीकार ग¥यो ।त्यसले अन्तर्राष्ट्रिय सूचना सुरक्षाका विषयहरूलाई सम्बोधन गर्नका लागि संयन्त्र बनाउन एक सम्झौताको स्थापना ग¥यो । यो समाधान विशेषगरी समग्र अन्तर्राष्ट्रिय समुदायको सक्रिय संलग्नताका साथ असरदारढंगले सिमापार चुनौती समाधान गर्न सकिने विषयमा सान्दर्भिक हुन्छ । संयुक्त राष्ट्रसंघीय निकायहरूले आमरूपमा स्विकार गरिएका सिद्धान्तहरू र आन्तर्राष्ट्रिय कानुन तथा सूचनाको प्रभावकारी क्षेत्रमा साझा हितका निरन्तरतासम्बन्धी मान्यताका आधारमा एक वैश्विक अन्तर्राष्ट्रिय महासन्धीको व्याख्या गरिरहने एक मञ्चको रूपमा काम गर्न सके । यस्ता उपकरण अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा व्यवस्थित गरिरहन र अन्तर्राष्ट्रिय कानुन अनुरूपका सम्झौताहरूको उद्देश्यहरू पूरा गर्न प्रविधिहरूको प्रयोग हुन दिनबाट रोकिरहन सहयोगी हुनुपर्छ ।

कुनै अन्य अन्तर्राष्ट्रिय संगठनहरूले वा मात्र कुनै सैनिक गठबन्धनले एक्लै विश्व समुदायको चाहनाको अभिव्यक्ति गर्ने एकाधिकार राख्ने राष्ट्रसंघका प्रमुख निकायहरूको अवमूल्यन गर्न सक्दैन ।वैश्विक सुरक्षाको जिम्मेवारीको विलोपीकरण सम्बन्धी विभिन्न संगठन र निश्चित देशहरूले देशहरू र सरकारहरूलाई कलंकित गर्ने र दशकौ देखि हामीलाई निरन्तर प्राप्त विश्वको भाग्यको फैसला गर्ने प्रयासहरू गरेका छन ।
देशहरूको आन्तरिक मामिलामा गैरकानुनी हस्तक्षेपका विशेष दृश्यहरू अझ पटक पटक भयरहेका छन ः सामाजिक विभाजनका प्रसार, समर्थन र लोकतान्त्रिक मूल्यमान्यताका आधारमा औपचारिकरूपमा गठित सरकारलाई सत्ताच्युत गराउन प्रतिपक्षीलाई हातहतियार उपलब्ध गराउने जस्ता कार्यहरू भइरहेका छन । सन् २००३मा नेटोमा आबद्ध केही देशहरूको सहभागीतामा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनले इराकमा आक्रमण ग¥यो ।अन्तर्राष्ट्रिय आतंकवाद विरूद्धको लडाइँ तथा आम विनाशकारी हातहतियारको खोजीको परिदृश्यमा वैधानिक राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्युत गरियो र मारियो ,एकाधिकारवादी राज्य ध्वंस भयो र वास्तविक लोकतान्त्रिक राजय स्थापित गरियो । यो कसरी भयो हरेकलाई थाहा छ । तथ्यको अर्को उदाहरण सन् २०१२देखि अमेरिकाले नेटोका देशहरूको सहयोगमा सिरियाका विद्रोहीहरूलाई गुप्तरूपमा सैनिक सहयोग गरेको छ ।

संयुक्त राष्ट्रसंघको भूमिकालाई अवमूल्यन गर्न र राष्ट्रसंघको ठाउँमा केही निश्चित लोकतान्त्रिक देशहरूको एक निश्चित समुदाय वा क्लबको स्थापना गर्ने प्रयासहरू पनि विशेष चिन्ताका विषय हुन । यस्ता विचारहरूले एकताबद्ध बनाउँदैन तर मानव समुदायलाई विभाजित गर्छ , अन्तर्राष्ट्रिय तनावहरू बढाउन सहयोग गर्छ र अन्ततः प्रत्यक्ष भिडन्तको अवस्था ल्याउँछ । संयुक्त राष्ट्रसंघको निर्माण मानवअधिकारको विकास अवधारणा र हरेक क्षेत्रमा मानवीय झुकाउ राखेर एक अर्का देशबीचको सहयोग गर्नका लागि भएको थियो ।राष्ट्रसंघका निकायहरूको करिब करिब सबै एजेन्डाहरूमा अहिले वातावरणका विषय देखि लिएर साइबर सुरक्षा तथा जैविक प्रविधिसमबन्धी व्यक्तिगत डेटाको संरक्षणसम्बन्धी सबैमा मानवअधिकारका विषयहरू परेका छन ।आज हरेक देशले भेदभाव, यातना अमानवीय व्यवहार र निजी जीवनमा हस्तक्षेप विरूद्ध वैधानिक सुरक्षाको व्यवस्था गरेका छन ।

मानवअधिकारको वैश्विक घोषणासँग जोडिएर रहेका आर्थिक , सामाजिक,तथा सांस्कृतिक अधिकारहरू सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी र नागरिक तथगा राजनीतिक अधिकारका विषयमा अन्तर्राष्ट्रिय महासन्धीले अन्तर्राष्ट्रिय मान्यता र मानव अधिकारहरूको विस्तारका लागि एक आधारशीला उपलब्ध गराउँछन ।राष्ट्रसंघ सिद्धान्तको प्रवद्र्धन र यी दस्तावेजहरूमा सम्मानित अधिकारहरूको संरक्षणका लागि गरिने कार्यबाट निर्देशित छ ।मानवअधिकारको वैश्विक घोषणाका लेखक मध्येका एक तथा नोबेल पुरस्कारबाट सम्मानित रेने क्यासनले एक पटक भने यो घोषणाको विशेषताहरू मध्येको सुसुप्त विशेषता भनेको यसको वैश्विकता हो ः यो बिना कुनै भेदभाव हरेक मानिस कालागि लागु हुन्छ ,यो हरेक भूभागमा तिनका आर्थिक वा राजनीतिक शासन जेसुकै भएपनि लागु हुन्छ ।

अधिकारहरूको सम्मानका अतिरिक्त प्राथमिक महत्वको विषय भनेको विभिन्न मानवअधिकारहरूबीच सन्तुलन कायम गर्ने सुनिश्चिता दिइरहनु हो । यसै कारणले सोभियत संघले वैशिवक घोषणाका बेला काम भइरहँदा यसमा सामाजिक तथा आर्थिक अधिकारहरूको विस्तारलाई सम्मान दिलाउन आवश्यक ध्यान केन्द्रित ग¥यो । यो बिन्दु मान्यता आज पुष्टि हुन्छ । वैश्विक महामारीका कारण वर्तमान विश्वको आर्थिक मन्दीले देशहरूलाई तिनका मूल्य मान्यताको समिक्षा गरिरहन र मानिसको जीवन तथा स्वास्थ्यको संरक्षण सगैँ सभ्य तथा सुरक्षित मानव अधिकारको अस्तित्वको ग्यारन्टी गर्र्ने विषयलाई प्राथमिकतामा राखिरहने दिशातर्फ धकेल्छ ।

कोभिड–१९ वैश्विक महामारीले स्पस्टरूपमा राजनीतिक स्वतन्त्रताले मानिसको जीवनहरू जोगाउन थोरै मात्र गर्न सकेको दर्शाएको छ ।असरदार तथा उपलब्ध हुन सक्ने चिकित्सा र सामाजिक हेरचाह, राष्ट्रिय व्यापी सफाइ सुरक्षा कार्यक्रमहरू , सरकारी अधिकारीहरूको सबै तहमा हुने प्रयासहरूको सर्वोत्तम समन्वय गर्ने एक प्रणालीको आवश्यकता छ । बलिया देशहरूले तिनका आर्थिक तथा राजनीतिक प्रतिष्ठानहरूको परिचालन गरी वैश्विक महामारी विरूद्धको लडाइँमा सक्षम, यसका परिणामहरूमाथि नियन्त्रण कायम गरिरहन सफल र करोडौं मानिसको ज्यान जोगाउन आफूलाई प्रमाणित गरेका छन ।

युद्धपछिका दशकहरूमा ‘फेरि कहिल्यैपनि होइन’ तय गरिएको पहिलो केन्द्रिय उद्देश्य दर्शाउन न्यायपूर्ण दृष्टिको लागि माथि व्यक्त गरिएका मानव अधिकारका अन्य पक्षहरूको संरक्ष्।णलाई प्राथमिकता तय गर्ने यो बाटो हो ।राष्ट्रसंघको निर्माणसँगै त्यसका लागि स्थापित अन्य अन्तर्राष्ट्रिय संगठनहरूका आधारमा सभ्य देशहरू जो सन् १९४०को दशक देखि १९५०को दशकको बीचमा अस्तित्वमा आए उनीहरूले विश्वयुद्ध दोस्रोकम आमसंहार, युद्ध अपराध,मानव अधिकार तथा स्वतन्त्रताका आधारभूत अधिकारको उललंघन ,मानवीय प्रतिष्ठाको ग्लानीको आतंकलाई फेरि हुन नदिन आह्वान गरे ।उनीहरूले सरकारको सामाजिक विकासमा संलग्नता, निजी तथा व्यक्तिगत स्वतन्त्रताहरूको मूर्तिकरण,विषयगत अधिकारहरूको क्षेत्रको विस्तारको निरन्तरता , प्रायः सार्वजनिक हितको घाटाका लागि सम्भव भएसम्म सर्वोत्तम उपाय खोजे ।ठिक यही बेला राष्ट्रिय राज्यहरू जो कथित सकारात्मक आवश्यकताको परिदृश्यमा सम्बद्ध थिए जुन सकारात्मक आवश्यकतामा महत्वपूर्ण विषय निजी अधिकारको उल्लंघनबाट जोगाउनु मात्र नभै सुशासन उपलब्ध गराउन तिनको सम्मान गर्नुपर्ने विषय जोडिएको थियो ।
जर्मनी फासीवादले युरोपमा भएका धेरै सरकारहरूलाई राष्ट्रिय सार्वभौकिताको सिमा निर्धारण गर्न र सर्वोच्च राष्ट्रिय संरचनाका लागि शक्ति दिन विषयमा एक सहमतिमा बाध्य पारेजस्तै सर्वसत्तावादी सर्वोच्च शक्तिको पुनर्बहालीको सम्भावनासम्बन्धी चासोहरूले बाध्य पारिए । परिणामहरू भिन्न प्रमाणित भए ।

अझ भन्नु पर्दा हामीले तीन विषयलाई अनदेख ागर्न सक्दैनौ ।

पहिलो वैश्विक खतराहरूबाट कुनै कमजोर राज्यले आफ्ना नागरिकहरूको अधिकारको सुरक्षा र आफूलाई सुरक्षित गर्न अक्षम हुन्छ । विमार रिपब्लिकलाई थर्ड रिकको रूपमा नाटकीयरूपमा गरिएको रूपान्तरणले बृहत लोकतान्त्रिक स्वतन्त्रताहरूको प्रावधानलाई स्पस्टरूपमा दर्शाउँछ जहाँ आर्थिक बृद्धि ,जनकल्याण र चरम घोषणाहरूको सक्रिय सम्बोधन गर्ने राज्यको योग्यता बिनाको समर्थनले राजनीतिक एजेन्डालाई छायाँमा पारेर अपराधलाई बृद्धि गराउँछ ,लोकतान्त्रिक प्रतिष्ठानहरूका लागि खतरा उत्पन्न गराउँछ , अनि परिणामतः राज्य समाप्त हुने वा यो तानाशाहको हातमा राज्य पर्ने खतरा उत्पन्न गराउँछ । दुर्भाग्यले रूसमा पनि अराजकता तथा राज्य ध्वंस हुने खतरा गत शताब्दीमा दुई पटक सन् १९१७ र १९९१मा देखियो । दुबै पटक राज्य ध्वंसका बेला वैश्विक स्वतन्त्रता र लोकतनत्रका नाराहरू थिए । आज हामी असफल राज्यका उदाहरणहरू हेर्छौ जसले सन्तुलित राजनीतिक प्रणाली निर्माण गर्न र आफ्ना जनतालाई भविष्यप्रति जनतामा विश्वास दिलाउन समक्ष हुँदैनन ।(यसमा पूर्व सोभियत राज्यहरू पनि छन)

दोस्रो बहुलवाद र असिमित अभिव्यक्ति स्वतन्त्रता मानवजातिको सन्तुलित विकासको सुनिश्चितता गर्न पर्याप्त हुँदैन । आज १९४५मा जस्तै विकासशील र विकसित देशहरूका करोडौं मानिस गरिबी रेखामुनि रहेका छन , उनीहरूले आफ्नो तथा आफ्ना परिवारजनको आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेका छन र आधुनिक सभ्यताका प्राप्तिहरूबाट आफूहरूलाई बञ्चित पारिएको अनुभव गरिरहेका छन । सन् २०२०मा पश्चिमा जगतमा फैलिएको ‘द ब्ल्याक लाइभ्ज म्याटर’ आन्दोलन(कालाको जीवन अर्थ राख्छ)ले स्पस्टरूपमा धनी र गरिबबीचको खाडल पुर्न, सबैका लागि पर्याप्त स्वास्थ्य सेवासम्मको पहुँच कायम गर्न, आधुनिक शिक्षा र राम्रो ज्याला प्राप्त गर्न तथा सामाजिकरूपमा रंगभेदको स्थितिका लागि कुनै न्यायपूर्ण विश्व प्रणालीको असन्तुष्ट वैश्विक मागलाई दर्शाउाछ ।कोभिड–१९ वैश्विक महामारीले दर्जनौं देशहरूको असमानतालाई नंग्याइ दिएको छ । धेरै मानिसहरूलाई आफै सुरक्षित हुन छाडिएको छ ।

यी परिधिहरूले राजको हस्तक्षेप बिना(लेजे फेयरको सिद्धान्त अनुसार) बजार अर्थतन्त्रको विकास मात्र गरेर वा उदार तर सानोतिनो दान परियोजनाको माध्यमबाट मात्रै सामाजिक न्यायको पुनर्बहाली गर्न नसकिने पुष्टि गर्छन । यसले राज्यको संलनता एक संवेदनशील बजेट नीति ,एक जवाफदेही तथा स्थिर सरकार र सामाजिक तथा आर्थिक विकासका लक्ष्यहरू पूरा गर्न दीर्घकालिन स्पस्ट दृष्टि भएको सरकारको निर्माणको आवाश्यकता औंल्याउँछ ।राज्यहरूले आधुनिक चुनौतीसँग सामना गर्न आफ्ना राष्ट्रिय अर्थतन्त्रहरू र राजनीतिक प्रणालीहरू व्यवस्थि तगर्न निर्णायक कदम चाल्नु पर्ने आवश्यकता छ ।

राजयको महत्वपूर्ण अभियान आज हरेक नागरिकलाई समाजको पूर्ण सदस्य भएको अनुभव गर्न सक्ने अवस्था सिर्जना गर्न, व्यक्तिगत आवश्यकता पूरा गर्न समान अवसरहरू उपलब्ध गराउन र भविष्यमा मानिसहरूको व्यक्तिगत जीवनको अर्थ तथा विश्वासको बुझाइलाई बलियो पार्नु हो । प्रविधिले दु्रतगतिमा विकास गरिरहेको छ तर मानिस उस्तै दर्जनौ, सयौं अझ हजरौं वर्ष पहिले थिए त्यस्तै छन । परिवार र मित्रहरूको केन्द्रिय भागमा तिनका बालबालिका लागि भविष्यका राम्रा सपनाहरू र अरूको जीवनका बारेमा सदैव राम्रो सुन्न चाहने चाहना हुन्छन ।भय पैदा गर्ने, शत्रुको छवि निर्माण गर्ने र मिडिया र सामाजिक सञ्जालले निर्माण गर्ने पागलपानले निम्त्याउने चरम खतराका गतिविधिहरूलाई ठिकसँग राष्ट्रसंघका निकाय लगायत अन्यहरूबाट व्यवहार हुनुपर्छ । शताब्दीयौं देखि मानिसहरूले हाम्रा देशहरूमा निरन्तर शत्रुको भयबाट वा कुनै युद्धको खतराको त्रासमा बाँच्दै आएका छन ।कुनै स्थायी विश्व भय र आंशकामा निर्माण गर्न सकिदैन । भयले अन्तिम आशाको बाटो दिनैपर्छ ।जस्तोको १९५३मा राष्ट्रसंघका दोस्रो महासचिव दाग हामारस्कोल्डले भने “भय बिनाको कुनै संसार मानिसका लागि बनाउन हामी भय बिना हुनुपर्छ । न्यायपूर्ण संसार बनाउन हामी न्यायपूर्ण बन्नु पर्छ”

तेस्रो विषय विश्वको कुनै चुनौती राज्यहरूको सहमतिको चाहनामा आधारित अन्तराष्ट्रिय कानुनको प्राथमिकताको पुनस्र्थापना बिना समाधान गर्न सकिदैन ।सार्वभौम राज्यहरूद्वारा हस्ताक्षर तथा प्रमाणीकरण गरिएका अन्तर्राष्टि महासन्धीहरू निरन्तर अन्तर्राष्ट्रिय काुनका मुख्य स्रोत हुनेछन । राष्ट्रसंघको बडापत्रले स्रोतहरूको ठिक वर्गीकरण गर्छन ।अन्तर्राष्ट्रिय कानुनले मात्र राष्ट्रिय संविधानहरूमा व्यवस्था गरिएका लोकतान्त्रिक प्रक्रिया र कुनै अन्तर्राष्ट्रिय उपकरणसँग आबद्ध हुने राष्ट्रहरूको स्पस्ट अभिव्यक्त चाहनाबाट वैधानिकता लेख्न सक्छ ।

आज पहिले भन्दा धेरै हामीले यी बाटाहरूसँग टाँसिनुपर्ने, राष्ट्रसंघको अद्वितीय संरचनालाई सुरक्षा गर्नुपर्ने, एक अर्काको हितहरू समावेश गर्नुपर्ने र एक अर्काको राष्ट्रिय परिधिको सम्मान गर्नुपर्ने आवाश्यकता छ । यो परिदृश्यमा सहयोगको गम्भिर प्रतिबद्धता, आपसी सहयोग र सदभावले राष्ट्रसंघको बडापत्रमा सम्मानित उद्देश्यहरूको प्राप्तिका लागि सहजीकरण गर्न सकिन्छ । अगस्ट २०२०मा बेरूत बिस्फोटनपछि रूसले पीडितहरूलाई सहयोग गर्न तत्कालै आफ्नो आकस्मिक सहयोग लेबनान पठायो । महामारीको उचाइ बढिरहेका बेला रूसले भेनेजुएला, इरान र अन्य देशहरूमा चिकित्सा उपकरण र व्यक्तिगत सुरक्षा उपायको आपूर्ति गरी ठूलो सहयोग उपलब्ध गरायो । रूसी सैनिक जवानहरूलाई इटलीमा चिकित्सा सहयोग उपलब्ध गराउन पठाइयो र हामी निरन्तर सिरियामा मानवीय सहयोगमा संलग्न रहेका छौं । ७५औं( हिरक) राष्ट्रिय महासभाको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले राष्ट्रसंघका सबै कर्मचारीलाई रूसको कोरोनाभाइरस खोप ‘स्पुतनिक भी’ निशुल्क उपलब्ध गराउने प्रस्ताव गुर्न भयो ।

निरन्तर बढिरहेका वैश्विक माहामारीको बीच हामीले महामारीबाट सर्वाधिक पीडित क्षेत्रमा भोजन, उपकरण र प्रविधिको निर्बाध आपूतिको ग्यारन्टी गर्नुपर्ने आवश्यकता हामीलाई छ । रूसले निरन्तर विश्वव्यापी मानवीय जहाज परिचालन गर्न लगाइएका व्यापार तथा वित्तीय प्रतिबन्ध हटाउनुपर्ने आह्वान गर्दै आएको छ । राजनीतिक बुझाइहरूले जीवन जोगाउन गरिने सहयोगहरूमा असर पार्नु हुँदैन ।

सर्वाधिक दबाबमूलक चुनौतीहरूको वैश्विक समाधानको विषयमा संवाद गर्न र समाधान खोज्न खुला रहेको जनाउँदै हाम्रो देशले सदैव शान्ति र सुरक्षाको हितलाई माथि उचालेको छ । आज हामीले हाम्रो ग्रहको राम्रो भविष्य र मानव सभ्यताको विकासका लागि हाम्रो योगदान दिरहेका छौं ।
हामीले संयुक्त राष्ट्रसंघको स्थापना सर्वाधिक दबाबमूलक वैश्विक समस्याहरूको समाधान खोज्न र शान्ति तथा सुरक्षाका हितसम्बन्धी विषयहरूमा रक्षकको रूपमा उभिरहने एक संगठनको रूपमा गरिएको बिर्सिनु हुँदैन । यसको निर्माण युद्धबाट आगामी पुस्तालाई जोगाउन ,आधारभूत मानवअधिकारमा विश्वास पुनर्जिवित गराउन, अन्तर्राष्ट्रिय कानुनको पालन सुनिश्चित गराउन र मानिसहरूको जीवनका शर्तहरूमा सुधार गर्न गरिएको थियो ।अन्ततः यी उच्च आदर्शहरूको प्राप्तिका लागि संयुक्त राष्ट्रसंघको सिर्जना गरिएको थियो ।

( ‘सेभन्टी फाइभ अफ द युनाइटेड नेशन्सः ओल्ड प्रोब्लम्स, न्यू चाइलेन्जेज एन्ड ग्लोबल सलुसन्स’ शीर्षकमा लेखिएको लेखको अनौपचारिक अनुवाद लेखक रूसका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री हाल रूसी महासंघको सुरक्षा परिषदका उपाध्यक्ष हुन)


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार, राजनीति
ट्याग : #breaking, #hot