Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइश्लाम धर्मगुरू मोहम्मदको कार्टुन प्रदर्शन गरेको विषयमा शिरछेदनको अर्को चेतावनी

इश्लाम धर्मगुरू मोहम्मदको कार्टुन प्रदर्शन गरेको विषयमा शिरछेदनको अर्को चेतावनी


काठमाडौ । फ्रान्सको शिक्षकले इश्लाम धर्मका संस्थापक मोहम्मदको कार्टुन प्रदर्शन गरेकोमा शिरछेदन गरेयता अर्को एक मेयरको शिरछेदन गर्ने चेतावनी सार्वजनिक भएको छ ।

यस किसिमको चेतावनी लियोनको एक स्कूलको पर्खालमा लेखिएका छन ।

“आठौै मेयर हामीले तिम्रो शिर काट्ने र्छौ” लेखिएको छ । मेयर ओलिभिर बेरजनेले यसबारे फौजदारी उजुरी गरिसकेको बताएका छन ।

यसअघि ब्रोनका मेयरलाई शिर काट्ने चेतावनी दिइएको थियो । फ्रान्सका गृहमन्त्रीले प्रहरीले यस्तो चेतावनी दिनेलाई काुननी कारबाही गर्न र सुरक्षा उपलब्ध गराउन आदेश दिएका छन ।

संस्थापक मोहम्मदको कार्टुन प्रदर्शन गरेकोमा एक शिक्षकको शिर काटि हत्या गरिएको थियो । फ्रान्स सरकारले यसलाई इश्लामिक आतंकवादीहरूको कारबाही भनेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
ट्याग : #breaking