Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियआफूले सुको नलिएको बरू ट्रम्पले कर बुझाएको खाता राखेको बाइडनको प्रतिवाद

आफूले सुको नलिएको बरू ट्रम्पले कर बुझाएको खाता राखेको बाइडनको प्रतिवाद


काठमाडौ । अमेरिकाका राष्ट्रपतिका दुई मुख्य उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडनबीचको  दोस्रो तथा अन्तिम बहसमा उपराष्ट्रपति बाइडनले आफूले सुको नलिएको बरू राष्ट्रपति ट्रम्पको बैंक खाता चीनमा रहेको र त्यहाँ रकम बुझाएको भन्दै प्रतिवाद गरेका छन् ।

दुई नेताहरूबीच विदेशबाट रकम लिएको आरोप प्रत्यारोपको जवाफमा बाइडनले यस्तो बताएका हुन् ।

टेनेसी राज्यको नास्भिल सम्पन्न भएको सो बहसको लागि तोकिएका बिषयमा कोभिड–१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातिय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व सम्बन्धी विषय समावेश गरिएका थिए ।

बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करलाई जिम्मेवारी दिइएको थियो । ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतिय बहसपछि १६ हजार अमेरिकीको कोभिड–१९ बाट ज्यान गुमाएको विषयमा सावल प्रश्न सोधेकी थिइन ।

महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्ने भनी सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने “हामीसँग खोप छ। त्यो आउँदैछ। त्यो तयार भइसकेको छ। त्यो केही सातामै घोषणा हुनेछ ।”

प्रस्तोताले बाइडनलाई सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्ने भनी सोधिएको प्रश्नको जवाफमा उनले “म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु”


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking, #hot