साउदीका युवराजलगायत विरूद्ध खाशोगी हत्या मुद्दा अमेरिकी अदालतमा दायर
काठमाडौ । साउदीका युवराज मोहम्मद बिन सलमान र अन्य दुई दर्जन बढी सहयोगी अधिकारी विरूद्ध अमेरिकाको एक अदालतमा पत्रकार जमाल खाशोगीको हत्या गर्ने योजना बनाएको र कार्यान्वयन गरेको मुद्दा दायर गरिएको छ ।
खाशोगीसँग विवाह गर्ने तय गरेकी ह्याटिस सेङिस र हत्या हुन अघि खाशोगीले खोलेको अरब जगतमा अब लोकतन्त्र नामक गैर सरकारी संस्थाले संयुक्तरूपमा मंगलबार यो मुद्दा दर्ता गरेका हुन ।
युवराज सलमान र २९ साउदी अधिकारी विरूद्ध यो अपूरणीय क्षतिका लागि मुद्दा दायर गरिएको हो ।
सेङिसका एक वकिल किथ हार्परले जनाए अनुास यो हत्या विषयको समग्र सत्य खोज्न समेत माग गरिएको छ ।
खाशोगीले स्थापना गरेको एनजीओले आफ्नो सत्तामा टिकिरहने हैसियत समाप्त पार्ने भयले युवराज सलमानले उनको हत्या गराउने आदेश दिएको र सो आदेश बमोजिम उनका अधिकारीहरूले हत्या गरिएको आरोपको ३० जना विरूद्ध लगाइएको छ ।
गत वर्ष खाशोगीका परिवारले हत्याराहरूलाई क्षमा दिने निर्णय गरेको थियो । त्यसपछि हत्या मुद्दामा पाँच जनालाई २०को सजाय दिइयो भने ३ जनालाई दश वर्षको सजाय सुनाइएको थियो ।
सेङसले सन्१९९१को टर्चर भिक्टिम प्रोटक्शन एक्ट अन्तर्गत यो मुद्दा दायर गरेकी छिन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
राजनीति
ट्याग : #breaking