Techie IT
  • २०८१ वैशाख ८, शनिबार

भारतको नयाँदिल्लीमा जी–२० सम्मेलन शुरु, अफ्रिकी संघ पनि स्थायी सदस्यका रूपमा सहभागी


काठमाडौं । भारतको संघीय राजधानी नयाँदिल्लीमा जी–२० को शिखर सम्मेलन शुरु भएको छ । १९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी भएको छ । अब जी–ट्वान्टीमा १९ देश र दुई महासंघ सदस्य बनेका छन् ।

जी–२० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक सहित अन्य १७ देशका प्रमुखहरू सहभागी छन् । चीन र रुसबाट भने राष्ट्रपति नभइ प्रतिनिधि सहभागी भएका छन् ।

भारतका विदेश मन्त्री एस जयशंकरले पत्रकार सम्मेलन गरेर आजको शिखर सम्मेलनमा दूरगामी र परिणाममुखी निर्णयहरु भएको बताए। उनले संयुक्त घोषणापत्रमा सहमति भएको जानकारी दिँदै बलियो, सन्तुलित र समावेशी वृद्धिलाई प्रवर्द्धन गर्न सहमति केन्द्रित रहेको बताए पनि थप विवरणहरु नखुलाएका बीबीसीले जनाएको छ ।

जी–२० सम्मेलन आज र भोलि गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन १९ देश र दुईवटा महासंघका नेताहरू एउटै मञ्चमा बसेर छलफल गरेका छन् । सम्मेलनमा सहभागीहरुलाई स्वागत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

औपचारिक कार्यक्रम शुरु गर्नु अघि नेताहरुले मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मोरक्कोमा आज गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पका कारण कम्तीमा आठ सय २० जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । खोजी र उद्धार चलिरहेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट