गृहपृष्ठ ∕
अन्तर्राष्ट्रिय ∕
ट्रम्पले फेरि जितेर विश्व समाप्त पार्ने क्रिस्चियन ब्रोकास्टिङ नेटवर्कका संस्थापकको भविष्यवाणी
ट्रम्पले फेरि जितेर विश्व समाप्त पार्ने क्रिस्चियन ब्रोकास्टिङ नेटवर्कका संस्थापकको भविष्यवाणी
काठमाडौ । क्रिस्चियन प्रसारण सञ्जालका संस्थापक प्याट रोबर्टसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चुनाव जित्ने र विश्वलाई समाप्त पार्नेबाटोमा लाने भविष्यवाणी गरेका छन् ।
“भगवानले मलाई भनेको विश्वास गरी भन्छु ट्रम्पको जित पछि गृह युद्ध हुने अनि इजरायल विरूद्धको युद्ध हुने ” उनले प्रवचन दिँदै यस्तो बताएका हुन् ।
प्याटर्सनका अनुसार युद्धको परिणाम पनि पूर्वनिर्धारित छ । युद्ध हुने छ केही समय शान्ति अनि सबै समाप्त हुनेछ ।
टिवटरलगायतका समाजिक सञ्जालमा रोबर्टसनको भनाइलाई सही हुने भनेका छन भने कतिपयले व्यङ्य गरेका छन भने कतिपयले जो बाइडनलाई भोट नहाल्न खेलो भएको जनाएका छन् ।
धार्मिक मिडिया सम्राट रोबटर्सन राष्ट्रपति ट्रम्पका प्रबल समर्थक हुन चाहेका छन । भविष्य समाप्त हुने गत दुई भविष्यवाणी उनको गलत भइसकेको छ ।
विश्व समाप्त हुने भविष्यवाणी सन् १९७०को दशकदेखि भइआएको छ । यसअघि उनले १९८२मा र २००७मा विश्व समाप्त हुने भविष्यवाणी गरेका थिए ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
राजनीति
ट्याग : #breaking,
#hot