कोरोना यता बेलायतमा क्यान्सर, ह्दय रोग र मानसिक रोगले घरमा मर्ने बढे
काठमाडौ । यो वर्ष बेलायतका निजी घरमा क्यान्सर लगायत अन्य प्रमुख रोगका कारण मर्नेको संख्या बढेको नयाँ डेटाले जनाएको छ ।
अस्पतालमा वैश्विक महामारी शुरू भएयता गैर कोरोनाका रोगीहरूको संख्यामा कमी आएको छ ।
इंग्ल्यान्डका निजी घरहरूमा ह्दय रोगबाट मर्ने पुरूषहरूको संख्यामा गत पाँच वर्षको औसत मृत्यु भन्दा २६ प्रतिशतले बढेको छ ।
यसैगरी पेटको क्यान्सरबाट मर्ने पुरूषहरूको संख्या ४६ले बढेको त्यहाँको सञ्चार माध्यमहरूले राष्ट्रिय तथ्यांक विभाग ओएनएसलाई उल्लेख गरी समाचारमा जनाएका छन ।
मानसिक रोग डेमेन्सिया र अल्जाइमरका रोगीहरूमा महिला मृत्यु ७५ प्रतिशत र स्तन क्यान्सरबाट मर्नेहरूको संख्यामा ४७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।
सन् २०१९को डिसेम्बर २८देखि ११सेप्टेम्बर २०२०सम्मको ओएनएस रिपोर्टको विश्लेषण गरिएको आधारमा यो खुलाइएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
स्वास्थ्य
ट्याग : #breaking,
#hot