चीन विरोधी रवैया भारतका लागि ‘गरिबीमा पिठो गिलो’
काठमाडौ । भारतमा एक भनाइ छ ‘ गरिबी मे आँटा गिला’ । यसको अर्थ भनेको गरिब मानिसको घरमा पिठोले रोटी बनाउन खोज्दा पानी बढी भएर पिठो गिलो हुने अवस्था हो । अन्तर्य भनेको पिठो गिलो भएपछि थप पिठोको जोहो गर्नुपर्ने चिन्ता थपिनु हो ।
भारतलाई यस्तै हुने देखिएको छ । चीन विरोधी नारा लगाएर त्यहाँ रहेका चिनियाँ लगानीकर्ताको मनोबल गिराउने काम गरिएको छ । चीन विरोधी समूहको दबाबमा सरकार पनि फस्दै गएको छ । सरकारी निर्णयहरू पनि त्यस्तै आउन थालेको हो ।
सोमबार मात्र द टाइम्स अफ इन्डियाले भारत सरकारले चिनियाँ लगानी कम्पनीलाई भारतमा लगानी लगाउन थप कठोर निर्णय सार्वजनिक गर्न लागेको समाचार सार्वजनिक गरेको छ । अर्कोतर्फ चीनसँगको सिमा विवादको तनाव भारतलाई रहेको अवस्थामा लगानी रोक्ने निर्णयले कोरोनाबाट ध्वंस्त हुँदै गएको भारतीय अर्थतन्त्रका लागि समस्या हुनेछ ।
समाचार सत्य साबित भए भारतको भनाइ गरिबीमा पिठो गिलो सत्य साबित हुन पुग्छ ।
भारतलाई उसको आर्थिक बृद्धिलाई बाटोमा ल्याउने चुनौती रहेको बेला यस्ता निर्णयहरू थप संकटदायक हुनेछ ।
गत साता अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको अर्थतनत्र अप्रिल जुनको त्रैमासिकमा २३.९ प्रतिशतले खुम्चिएको र यो वर्ष भारतीय अर्थतनत्र १०.३ प्रतिशतले खुम्चिने जनाएको छ । कोषले जनाए अनुासर बंगलादेशले सन् २०२०मा भारतको प्रतिव्यक्ति जीडीपी बढी प्राप्त गर्ने छ ।
नयाँ दिल्लीको मौसम खराब हुन थालेको त्यहाँ बाक्लो कुहिरोले मौसम खराब हुन थालेको हो । विज्ञहरूका अनुसार यो शीतकालमा कोरोनाको समस्या गम्भिर हुन सक्ने देखिएको छ । अहिलेसम्म ७५ लाख कोरोना संक्रमितको संख्या देखि सकिएको छ ।
अर्थतन्त्र बाटोमा नआए जनताको विश्वास गुम्ने खतरा बढ्छ । वर्षौको मिहनेत पछि निर्माण गरिएको भारतीय अर्थतन्त्र खरानी हुने खतरा चीन विरोधी नाराले झन बढाएको छ ।अर्थतन्त्रको कमजोर प्रदर्शन र कोरोनाको कहरले भारतका नीति निर्मार्ताहरूले पिठो गिलो गरिरहेका छन ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
अर्थ,
राजनीति
ट्याग : #breaking,
#hot