Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसमाजवादी पार्टीको जित पछि बोलिभियाका पूर्व राष्ट्रपति इभो मोराल्सद्वारा देश फर्किने चाहना व्यक्त

समाजवादी पार्टीको जित पछि बोलिभियाका पूर्व राष्ट्रपति इभो मोराल्सद्वारा देश फर्किने चाहना व्यक्त


काठमाडौ ।बोलिभियामा पूर्व राष्ट्रपति इभो मोराल्सका पार्टी नेता राष्ट्रपतिमा जिते पछि उनले देश फर्किने चाहना व्यक्त गरेका छन ।

गतवर्ष चुनावमा गडबडी गरेको भनेर भएको राजनीतिक आन्दोलनको क्रममा राजीनामा दिन बाध्य भएका मोराल्सलाई निर्वासनमा जानु परेको थियो । समाजवादका लागि आन्दोलन(मास) पार्टीले चुनाव जित्ने बलियो सम्भावना विभिन्न सर्वेक्षणहरूले जनाउँदै आएको थियो ।

पहिलो चरणको मतदानबाट राष्ट्रपतिका उम्मेदवार लुइस आर्सले ५२ प्रतिशत मत ल्याएर चुनाव जितेका हुन । उनका प्रतिस्पर्धी कार्लोस मेसाले ३१ प्रतिशत मत प्राप्त गरेका छन ।

पहिलो चरणबाटै चुनाव जितेका लुइस आर्सले गत वर्ष समाजवादी शासन व्यवस्था विरूद्ध भएको सत्ता पलट जनताको मतदानबाट पराजित भएको देखाएको छ ।

औपचारिक परिणाम आउन अघि नै आन्दोलनबाट अन्तरिम राष्ट्रपति बनेकी जिनाइन एन्डेसले पनि समाजवादका लागि आन्दोलन पार्टीका(मास) उम्मेदवारहरू अग्रता प्राप्त गर्ने जनाउँदै आर्सलाई बधाइ दिएकी थिइन ।

१४ वर्ष बोलिभियाको सत्तामा रहेका मोराल्सलाई निर्वासनमा जान बाध्य पारिएको थियो ।

मोराल्सले पहिले निर्वासनको क्रममा मेक्सिको र त्यसपछि अर्जेनिटना पुगेका थिए । मोराल्स सरकारमा लामो समय अर्थतन्त्रीको कार्यभार सम्हालेका ५७ वर्षीय लुइस आर्सले राष्ट्रपतिको चुनाव जितेपछि निर्वासनमा रहेका मोराल्सले देश फर्किन चाहेको बताएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
ट्याग : #breaking, #hot