Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबोलिभियामा पूर्व राष्ट्रपति इभो मोराल्सका पार्टी नेता राष्ट्रपतिमा जित्ने सम्भावना बलियो

बोलिभियामा पूर्व राष्ट्रपति इभो मोराल्सका पार्टी नेता राष्ट्रपतिमा जित्ने सम्भावना बलियो


काठमाडौ ।बोलिभियामा पूर्व राष्ट्रपति इभो मोराल्सका पार्टी नेता राष्ट्रपतिमा जित्ने सम्भावना बलियो देखिएको छ ।

गतवर्ष बोलिभियामा भएको राजनीतिक उथलपुथलका बेला राजीनामा दिन बाध्य पारिएका मोराल्स पार्टीका नेता नै राष्ट्रपति पदको निर्वाचनमा जित्ने मतसर्वेक्षणहरूले जनाएका छन ।

चुनावको औपचारिक नतिजा आउन बाँकी रहेका बेला पूर्व राष्ट्रपति मोराल्सले आफ्नो पार्टी समाजवादका लागि आन्दोलन नामको पार्टीले ठूलो जित हात पार्ने घोषणा गरेका छन । बोलिभियाका जनताले राष्ट्रपति र उपराष्ट्रपति दुबै पद र कांग्रेसमा बहुमतका लागि समाजवादका लागि आन्दोलनका उम्मेदवारलाई जिताउन मतदान गरेको उनले जनाएका छन ।

मोराल्सले राष्ट्रपतिका उम्मेदवार लुइस आर्स र उपराष्ट्रपतिका उम्मेदवार डेभिड कोक्वेहुन्कालाई बधाइ दिएका छन ।

अन्तरिम राष्ट्रपति जिनाइन एन्डेसले पनि समाजवादका लागि आन्दोलन पार्टीका(मास) उम्मेदवारहरू अग्रता प्राप्त गर्ने जनाएकी छिन ।

एन्डेसले औपचारिक परिणाम आउन बाँकी रहेपनि मासका उम्मेदवार जित्ने सूचना पाएकी बताउँदै जो कोही आए बोलिभिया र लोकतन्त्रलाई ध्यान दिएर शासन चलाउनुपर्ने बताएकी छिन।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले लुइसलाई बधाइ दिएका छन । मोराल्सलाई सत्तापलट गरी हटाएकाहरूले मतदानबाट पराजित गरेकोमा लुइसलाई बधाइ छ–’ उनले भने ।

१४ वर्ष बोलिभियाको सत्तामा रहेका मोराल्सलाई राजनीतिक उथलपुथल गरी गत नोभेम्बरमा राजीनामा दिन बाध्य पारिएको थियो । मोराल्सले त्यसपछि मेक्सिको र त्यसपछि अर्जेनिटना पुगेका थिए । ५७ वर्षीय लुइस मोराल्स सरकारमा लामो समय अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
ट्याग : #breaking, #hot