Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोरोना प्रोत्साहन योजनामा समर्थन जनाउन ट्रम्पलाई ४८ घन्टा नभए चुनाव पछि गर्ने पेलोसीको चेतावनी

कोरोना प्रोत्साहन योजनामा समर्थन जनाउन ट्रम्पलाई ४८ घन्टा नभए चुनाव पछि गर्ने पेलोसीको चेतावनी


काठमाडौ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले कोभिड–१९ प्रोत्साहन योजनामा सहमति जनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ४८ घन्टाको समय सिमा तोकेकी छिन । नभए निर्वाचन पछि सहमति गर्ने जनाएकी छिन।

समय सिमा तोक्दै परिवर्तन स्विकार नभएको जनाएकी छिन ।

पेलोसीको डेमोक्रेट र ट्रम्पको रिपब्लिकन पार्टीबीच कोरोनासँग जुध्न र अर्थतन्त्रलाई सहयोग गर्न दुबै पक्ष प्रोत्साहन योजनामा सहमति हुने देखिएको छैन । पेलोसीका अनुसार कोरोना परीक्षण र कोरोना पछयाउनका लागि चाहिने खर्चको विषयमा ट्रम्प तयार नभएको देखिएका छन ।
ह्वाइट हाउसले थप्न चाहेको शब्द पेलोसीलाई स्विकार छैन ।

यी दुई पार्टीबीच स्यालको ठाउँमा मे, रिक्वायरमेन्टको ठाउँमा रिकमेन्डेशन र स्ट्रेटजेकि प्लानका ठाउँमा स्ट्रेटजी राख्ने विवाद भइरेको छ ।

पेलोसीले साझा सहमति आशा आफूले अझै गरेको बताएकी छिन । उनले यसका लागि ट्रम्प प्रशासकलाई ४८ घन्टाको समय दिएकी छिन । यो समय भित्र नभए नोभेम्बर ३को निर्वाचन सकेपछि सम्झौता गर्ने पेलोसीले एबिसीलाई जनाएकी छिन ।

ट्रम्पले यो सम्झौता पेलोसी कारण नभएको आरोप लगाएका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति
ट्याग : #breaking, #hot