Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियकोरोनाले अमेरिकी अर्थतन्त्रमा १६० खर्ब अमेरिकी डलरको घाटा

कोरोनाले अमेरिकी अर्थतन्त्रमा १६० खर्ब अमेरिकी डलरको घाटा


काठमाडौ । कोरोना भाइरसले अमेरिकी अर्थतन्त्रमा १६० खर्ब अमेरिकी डलर बराबरको घाटा हुने भएको एक नयाँ अनुसन्धानले जनाएको छ ।

जरनल अफ दि अमेरिकन मेडिकल एसोसिएसनले यो साता सार्वजनिक गरेको प्रतिवेदनमा कोरोनाले अमेरिकाको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन जीडीपीमा कोरोना भाइरसले पारेको असर अनुसार यो घाटा हुने उल्लेख गरिएको छ।

यो हिसाबमा कोरोनाभाइरसबाट मर्नेहरूको घाटा समेत समावेश गरी निकालिएको छ ।

अमेरिकामा ८० लाख जति मानिस कोरोनाबाट संक्रमित भएको र मर्नेहरूको संख्या २लाख १५ हजार नाघि सकेको र अर्को वर्षसम्म ६ लाख २५ हजारको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । परम्परागत मूल्यका आधारमा मर्नेहरूको प्रतिव्यक्तिको जीवन मूल्य ७० लाख सैद्धान्तिकरूपमा तय गरिएको छ । यस आधारमा असामयिक मृत्युले ४४ खर्ब अमेरिकी डलर बराबरको हिसाब निकालिएको छ ।

भाइरस अझ अर्को वर्षमा जाने हिसाबले अर्को घाटा २६ खर्ब अमेरिकी डलर हुने निकालिएको छ ।

कोरोनाको सम्पर्कमा नआएकाहरूले पनि असर गर्ने अनुसन्धान पत्रमा उल्लेख गरिएको छ । प्रियजनको प्रभावबाट हुने मानसिक स्वास्थ्यमा हुने क्षतिको आँकलन समेत गरी १६ खर्ब अमेरिकी डलर हिसाब गरिएको छ ।

मर्नेहरूको आधाको आम्दानी घटेर हुने मन्दीको हिसाब पनि गरिएको छ । यस किसिमका हिसाब ७६ खर्ब अमेरिकी डलर बराबरको रहेको छ ।
यसरी विभिन्न किसिमले निकालेको हिसाबका आधारमा अमेरिकी अर्थतन्त्रमा यो वैश्विक महामारीको लागत १६० खर्ब अमेरिकी डलर भन्दा बढी हुने अनुमान गरिएको छ ।यो अमेरिकी अर्थतन्त्रको वार्षिक जीडीपीको करिब ९० प्रतिशत रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार