Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी विज्ञहरूलाई कानुन उल्लंघन गरेको अभियोग लगाएर हिरासतमा लिने चीनको चेतावनी

अमेरिकी विज्ञहरूलाई कानुन उल्लंघन गरेको अभियोग लगाएर हिरासतमा लिने चीनको चेतावनी


काठमाडौ । चिनियाँ सेनासँग सम्बन्ध राख्ने विज्ञहरूलाई अमेरिकाको न्याय विभागले अभियोग लगाएर हिरासतमा राख्ने कार्यको विरोध गर्दै चिनियाँ सरकारले पनि अमेरिकी विज्ञहरूलाई त्यसै गरी हिरासतमा राख्ने चिनियाँ सरकारले अमेरिकालाई चेतावनी दिएको छ ।

यो समाचार द वाल स्ट्रिट जरनलले नाम उल्लेख नगराउने स्रोतको हवाला दिँदै शनिबार छापेको छ । चिनियाँ सरकारले अमेरिकी सरकारका अधिकारीहरूलाई बहुपक्षीय माध्यमको प्रयोग गरी यस्तो चेतावनी पठाएको समाचारमा उल्लेख गरिएको छ ।

अमेरिकी अदालतमा चिनियाँ विज्ञहरू विरूद्धको अभियोग फिर्ता लिनुपर्ने अन्यथा अमेरिकीहरूलाई त्यसैगरी चिनियाँ कानुन उल्लंघन गरेको अभियोगमा हिरासतमा राख्ने चेतावनी दिइएको हो ।

अमेरिकाको विदेशमन्त्रालयले सेप्टेम्बर १४मा चीनको यात्रा नगर्न अन्यथा चिनियाँ सरकारले तिनलाई हिरासतमा राखेर शर्त राख्ने जनाउँदै यात्रा सतर्कता जारी गरेको थियो ।

अमेरिकास्थित चिनियाँ दूतावासले यस विषयमा कुनै पनि टिप्पणी गर्न इन्कार गरेको जरनलले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले चिनियाँ नागरिकहरूलाई जासुसी गरेको र अमेरिक िटेक्नलजि चोरेको आरोप लगाउँदै कारबाही गरिरहेको छ ।

चीनले यस्ता आरोपको खण्डन गर्दै आएको छ ।गत जुलाईमा अमेरिकाको न्याय विभागले त्यहाँको संघीय अनुसन्धान ब्युरोले चिनियाँ सेनामा रहेको पहिचान लुकाउने तीन नागरिकलाई हिरासतमा लिएको जनाएको थियो ।

गत महिना अमेरिकाले १ हजार बढी चिनियाँ नागरिकहरूको भिसा खारेज गरेको जनाएको थियो ।

ठिक यहि बेला अमेरिकाको विदेश विभागकी एक प्रवक्ताले अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य वर्चस्व स्थापित गराउने लक्ष्यसँग सम्बन्धित नरहेका चिनियाा विद्यार्थी तथा विज्ञहरूलाई अमेरिकामा स्वागत गर्न हामी तयार रहेको जनाएकी छिन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस