सफ्टवेयरका सिइओ विरूद्ध २ अर्ब अमेरिकी डलर बराबरको कर छलीको अभियोग
काठमाडौ । टेक्सासको टेक मुगलको रूपमा चिनिएका रोबर्ट टि ब्रोकम्यान विरूद्ध २ अर्ब अमेरिकी डलर बराबर कर छलीको अभियोग लगाइएको छ । सरकारी अधिकारीहरूका अनुसार अमेरिकामा यो अहिलेसम्मको सबै भन्दा ठूलो कर छलीको मुद्दा हो ।
सफ्टवेयर कम्पनी रेनोल्डस एन्ड रेनोल्डसका सिइओको रूपमा ब्रोकम्यानले यति ठूलो रकमको कर छली गरेका हुन ।
साथै ब्रोकम्यान विरूद्ध करिब २० वर्षयता मनिलन्ड्रिङ लगायतका अन्य अपराधहरू गरेको अभियोग लगाइएको आन्तरिक राजस्व सेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको सिएनएनमा खुलाइएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
अर्थ
ट्याग : #breaking