कोरोनाकालमा हिरा उत्पादन गर्न रूस अगाडि
काठमाडौ । कोरोनाकालमा हिरा उत्पादन गर्ने विश्वका कम्पनीहरूमा रूसी कम्पनी अलरोसा अगाडि रहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी सेर्जेइ इभानोभसमेत उपस्थित बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वमा सबै भन्दा बढी हिरा उत्पादन गर्ने रूसी कम्पनी भएको बताएका हुन ।
अलरोसाका प्रतिस्पर्धी कम्पनीहरू मध्ये कतिपयलाई उत्पादन कार्य रोक्नु परेको र टाट पल्टेको अवस्था आएको पुटिनले बताए । अलरोसा विश्वको हिरा उत्पादन गर्ने कम्पनीहरूमा सबै भन्दा ठूलो बनेर आएको छ ।
रूसमा हुने कुल हिरा उत्पादनमा ९० प्रतिशत अलरोसाको हिस्सा छ । यो कम्पनीको बिक्री सेप्टेम्बरमा २८ प्रतिशतले बढेर ३२ करो ८२ लाख अमेरिकी बराबरको भएको छ । पलिस गरेको हिराको बिक्री ७८ लाख अमेरिकी डलर बराबरको भएको हो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
अर्थ
ट्याग : #breaking,
#hot