Techie IT
  • २०८० मंसिर २५, सोमबार

भारतसँग मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको इसरोको दाबी


काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको जनाएको छ ।

इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रमा मात्रै नभएर मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका हुन् ।

तिरुवनन्तपुरममा भएको कार्यक्रममा उनले भारतले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य राख्ने दाबी गरे ।

उनले इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको पनि बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सरकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको तर यसका लागि थप लगानीको खाँचो रहेको उनको भनाइ छ ।

इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद नै सफलतापूर्वक सम्पन्न गरेको पनि जनाएको छ ।

यसअघि अस्ति शनिवार प्रधानमन्त्री नरेन्द्र मोदी इसरो मुख्यालय पुगेका थिए ।

उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा समेत गरेका छन् ।

गएको बुधवार भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक अवतरण भएको थियो ।

चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बन्दै इतिहास रचेको छ ।    

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट