Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियसंयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः चयन

संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः चयन


काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः दोस्रो कार्यकालका लागि चयन भएको छ ।

राष्ट्रसंघको मुख्यालयमा गएराति भएको निर्वाचनमा नेपाल सन् २०२१ देखि २३ सम्मका लागि पुनः निर्वाचित भएको हो।

एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् ।

मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग निर्वाचित भएका छन् ।

त्यस्तै पूर्वी युरोपबाट रुस र युक्रेन निर्वाचित भएका छन भने ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको निर्वाचित भएका छन । त्यसैगरी पश्चिम युरोपबाट बेलायत र फ्रान्स निर्वाचित भएका छन्।

तीन वर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ । नेपान पुनः निर्वाचित भएपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै नेपाललाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिएका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रवास
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस