Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियरूस र चीनलाई बाहिर राखेर अमेरिकाले चन्द्रमामा एकाधिकार जमाउन सात देशसँग सम्झौता ग-यो

रूस र चीनलाई बाहिर राखेर अमेरिकाले चन्द्रमामा एकाधिकार जमाउन सात देशसँग सम्झौता ग-यो


काठमाडौ । रूस र चीनलाई बाहिर राखेर अमेरिकाले चन्द्रमाको स्रोत साधनमा एकाधिकारवादी हैकम जमाउन अन्य सात देशहरूसँग मिलेर एक सम्झौता गरेको छ । अर्टेमिस एकर्ड नाम दिइएको यो सम्झौतामा समावेश गरिएको सातको सहयोगमा अमेरिकाले यो सम्झौता कार्यान्वयन गराउनेमा आंशका पैदा भएको छ ।

अमेरिकासँग सम्झौतामा आबद्ध देशहरूमा अधिकांश चन्द्रमा अवतरण नै गरेका छनन । यो सम्झौतामा हस्ताक्षर गरिरहँदा रूस र चीनलाई निम्तो गरिएको थिएन ।मंगलबार गरिएको यो सम्झौताको खुलासा अनुसार अमेरिकाका अतिरिक्त यसमा अस्ट्रेलिया, क्यानाडा, जापान, इटली, बेलायत, लग्जम्बर्ग र युएइ रहेका छन ।
अर्मेटिस एकर्डको उपशीर्षमा ‘नागरिक पहुँच र चन्द्रमा, मंगल, अन्य आकाशीय पिण्डहरूको उपयोग शान्ति पूर्ण उद्देश्यका लागि सहयोगका सिद्धान्त’( प्रिन्सिपल्स फर कोपरेशन इन द सिभिल एक्सप्लोरेशन एन्ड युज अफ द मून, मार्स, कमेटस एन्ड एस्ट्रोइडस फर पिसफुल परपसेज) लेखिएको यो १८ पृष्ठको दस्तावेज हो ।

यो सम्झौतामा आबद्धहरूले चन्द्रमाका बारे गरिने कार्यहरूको असल नियतका साथ एक आपसमा वैज्ञानिक सूचना साझेदारी गर्ने सहमति जनाएका छन । सम्झौताकर्ताले संयुक्त राष्ट्रका महासचिवलाई चन्द्रमा गरिने उत्खनन जस्ता कार्यको जानकारी दिने प्रतिबद्धता व्यक्त गरेका छन ।

यो सम्झौतामा आंशका गर्ने ठाउँ सहजै देखिने भएको कतिपयको बुझाइ रहेको छ । गतवर्ष चन्द्रमाको कालो पक्षसम्म पहुँच कायम गरेको चीन छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पहुँच कायम गर्न रूसी रकटे शक्तिमा अमेरिका लामो समयदेखि निर्भर रहेको अवस्थामा चीन र रूसलाई बाहिर राखेर गरिएको यो सम्झौता सफल हुने आंशका रहेको छ ।

यो आंशकालाई चिर्न नासाले यो सम्झौतामा यो वर्षको अन्त्य हुन अघि अन्य धेरै देश सहभागी हुने जनायो । यसअघि रूसको अन्तरिक्ष कार्यक्रम नियोग रसकसमसका प्रमुख दमित्री रोगोजिल अर्टेमिस कार्यक्रम अमेरिकी केन्द्रित भएको आरोप लगाएका थिए । उनले यसअघि यो परियोजनालाई चन्द्रमामाथि हमला भएको टिप्पणी गरेका थिए ।रूसले यस्तो कार्यमा आफ्नो विज्ञता र प्रतिष्ठा नदिने उनले जनाएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस