मानव मस्तिष्कमा चिप प्रत्यारोप गरी परीक्षण गर्न मस्कको न्युरालिंक कम्पनीलाई अनुमति

काठमाडौं । अर्बपति एलन मस्कको स्टार्ट–अप कम्पनी न्यूरालिंकले मानव मस्तिष्कमा चिप प्रत्यारोप गरी परीक्षण गर्न पाउने अनुमति पाएको छ ।
अमेरिकी नियामकहरूले मानिसहरूको मस्तिष्कमा प्रत्यारोपण परीक्षण गर्न स्वीकृति पाएको दिएको हुन् ।
न्यूरालिंकले यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएबाट यसको पहिलो मानव मस्तिष्कमा चिप परीक्षणको मानव क्लिनिकल अध्ययनको लागि अनुमति प्राप्त भएको जनाएको हो ।
टेक्नोलोजीको लागि एक महत्वपूर्ण पहिलो चरण भएको जनाउँदै कम्पनीले दिमागलाई कम्प्युटरसँग सीधा सम्पर्कमा ल्याउन वा इन्टरफेस दिनको लागि यो अनुमति दिइएको जनायो ।
मस्कले ट्विटरमा पोष्ट गरे “हामी साझा गर्न पाउँदा उत्साहित छौं कि हामीले हाम्रो पहिलो मानवमा चिप राखी मानव क्लिनिकल अध्ययन सुरु गर्न एफडीएबाट स्वीकृति प्राप्त गरेका छौं,” न्यूरालिंकका अनुसार क्लिनिकल परीक्षणको लागि भर्ती अझै खुला भएको छैन । न्यूरालिंक प्रत्यारोपणको उद्देश्य मानव मस्तिष्कलाई कम्प्युटरसँग प्रत्यक्ष संवाद गर्न सक्षम पार्नु भएको मस्कले जनाए ।
“हामीले हाम्रो पहिलो मानव (इम्प्लान्ट) को लागि तयार हुन कडा परिश्रम गरिरहेका छौँ र स्पष्ट रूपमा हामी अत्यन्त सावधान र निश्चित हुन चाहन्छौं कि यसले मानिसमा उपकरण राख्नु अघि राम्रोसँग काम गर्नेछ,” मस्कले भने ।
यसअघि सिक्का साइजको चिप बाँदर र सुँगुरको खोपडीमा प्रत्यारोपण गरी परीक्षण गरिएको छ ।
यो चिप जडान गरिएपछि मानिसको मस्तिष्क भित्रको संक्रियाहरूको अध्ययन कम्प्युटरमा अवलोकन गरिनेछ। यसबाट मानिस भित्रका रोगहरूको उपचार गर्न मानव मस्तिष्कले पता लगाउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, विज्ञान, स्वास्थ्य
ट्याग : #breaking
प्रतिक्रिया