चीनद्वारा युक्रेन युद्धको मूल कारण सम्बोधन गर्न ईयूलाई आह्वान

काठमाडौं । चीनले युरोपेली देशहरूलाई युक्रेनमा जारी संकटको मूल कारणहरू खोजी त्यसको समाधानमा ध्यान केन्द्रित गर्न आह्वान गरेको छ।
युरेसियन मामिलाका लागि चिनियाँ विशेष प्रतिनिधि ली हुईले जर्मन संघीय विदेश मन्त्रालयका सचिव एन्ड्रियास माइकिलिसलाई बुधबार बर्लिनमा भेटी यस्तो आग्रह गरेका हुन् ।
लीले युक्रेनी मुद्दामा चीन सरकारको अडान अपरिवर्तित रहेको र शान्ति वार्ता एवं द्वन्द्वको राजनीतिक समाधान प्रवद्र्धन केन्द्रित रहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइलाई स्मरण गर्दै लीले संकटको समाधानको लागि कुनै अचुक उपाय छैन तर सबै पक्षले आपसी विश्वासको सञ्चालनमार्फत शान्ति वार्ता पुनः सुरु गर्नका लागि अनुकूल अवस्था सिर्जना गर्नुपर्ने बताए।
चीनले युरोपेली देशहरूलाई संकटको मूल कारणबाट सुरु गर्न र लक्षण र मूल कारण दुवैको समाधान खोज्न र युरोपेली महादेशको दीर्घकालीन स्थायित्वका लागि प्रयास गर्न समर्थन गरेको लीले भने । यसमा चीन सरकार जर्मनीसँग नजिक रहेर काम गर्न इच्छुक रहेको पनि उनले बताएका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
ट्याग : #breaking
प्रतिक्रिया