महिनौँदेखि अमेरिकाले युक्रेनी प्रत्याक्रमणको तयारी गरिरहेको नुल्यान्डको भनाइ

काठमाडौं । राजनीतिक मामिलाका लागि अमेरिकी उप–विदेश मन्त्री भिक्टोरिया नुल्यान्डले अमेरिका महिनौँदेखि रुस विरुद्ध युक्रेनी प्रत्याक्रमणको तयारी गरिरहेको बताएकी छिन् ।
अमेरिकी सरकारले करिब ६ महिनादेखि युक्रेनी प्रत्याक्रमणको तयारी गरिरहेको बिहीबार किभमा जमाभएका व्यक्तिहरूलाई भिडियो सम्मेलनमा नुल्यान्डले यस्तो खुलाएकी हुन् ।
उनले भनिन् “तपाईंले प्रत्याक्रमणकोे योजना बनाएपनि हामीले तपाईंसँग करिब ५–६ महिनादेखि काम गरिरहेका छौँ । युक्रेनको दीर्घकालीन भविष्यको बारेमा हामीले पहिले नै युक्रेनीे सरकार र किभका साथीहरूसँग – नागरिक पक्ष र सैनिक पक्ष दुवै पक्षमा छलफल सुरु गरिसकेका छौँ ।”
नुल्यान्डका अनुसार, अमेरिकाले रूसलाई रोक्न युक्रेनको भावी सेनाको योजना पनि बनाइरहेको छ ।
त्यसैले जहाँ र जसरी पनि यो समाप्त हुन्छ । “एक वर्ष, ५ वर्ष, १६ वर्षमा हामी भन्दैनौ ” उनले भनिन् । यो क्रममा उनले युक्रेनलाई फुर्क्याउँदै युक्रेन युरोपको पुनरुत्थानको इन्जिन हुनेछ र सम्पूर्ण विश्वका लागि लोकतान्त्रिक उदाहरण सेट गर्ने बताइन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
ट्याग : #breaking
प्रतिक्रिया