काठमाडौं । पश्चिमा देशहरूले युक्रेनलाई रुससँगको युद्धमा हतियार आपूर्तिमा समस्या हुन सक्ने भनेर गोलाबारुद्ध खेर नफाल्न चेतावनी दिएका छन् ।
बिहीबारको न्यु योर्क टाइम्सले अमेरिका र यसका सहयोगीहरूले युक्रेनलाई उपलब्ध गराउन सक्ने गोला बारूदको भण्डार सकिरहेको बताएको जनाएको छ । युक्रेन सरकारका सेनाहरूले प्रयोग गरिरहेको गोला बारुद्ध आर्तियोमोभस्कको लडाईमा प्रयोग गरिरहेका छन् । ती गोला बारुद्ध योजनाबद्ध तरिकाले लड्न वसन्त आक्रमणको लागि आवश्यक हुनेछ ।
युक्रेनका अधिकारीहरूले बखमुत भन्ने आर्तियोमोभस्कलाई अहिले करिब पूर्ण रूपमा रूसी सेनाले घेरेको छ । युक्रेनी सेनाहरूले सहरलाई कब्जा गर्न खोजिरहेका गोला बारूद सकिएको कुरो न्युयोर्क टाइम्सले समाचारमा उल्लेख गरेको छ ।
एक ब्रिगेड कमाण्डरले तोपखाना गोलाहरूको अभाव विपत्तिजनक भएको गुनासो गरेका छन् ।
। युक्रेनले आर्तियोमोभस्कको लागि युद्धमा हरेक दिन “हजारौं“ गोलाहरू प्रयोग गरिरहेको छ । यसबाट योजनाबद्ध वसन्तकालीन अभियानलाई जोखिममा पार्न सक्छ । युक्रेनका पश्चिमा सहयोगीहरूले हतियार आपूर्ति गराउनेमा चिन्ता व्यक्त गरिरहेका छन् । अमेरिका र ईयूका केही अधिकारीहरूले यस्तो चिन्ता व्यक्त गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।
अमेरिकी रक्षामन्त्रालय पेन्टागनले युक्रेनलाई गोला बारुद खेर नफाल्न भनी युक्रेनलाई चेतावनी दिएको छ ।
नाटोको आफ्नै हतियार भण्डारहरू कम भइरहेको छ । यो भण्डार भर्न महिनौँ लाग्ने छ ।
युक्रेनी अधिकारीहरूका अनुसार यक्रेनका एक लाख भन्दा बढी सैनिक घाइते वा मारिएका छन् ।
आर्तियोमोभस्कलाई कब्जामा लिन वा सैनिकहरूलाई बचाउन मध्ये एक निर्णय गर्नुपर्ने अवस्था आएको छ ।
अमेरिकाले आर्तियोमोभस्कको कम महत्व दिएपनि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनको कुनै पनि भाग छोड्न नसकिने घोषणा गरी पूरा शहरमा कब्जा गर्ने निर्णय गरेका छन ्।
क्यामिल ग्रान्ड, रक्षा लगानीका लागि नाटोका पूर्व सहायक महासचिव र अहिले विदेशी सम्बन्धमा युरोपेली परिषदका रक्षा विशेषज्ञ हुन् । उनले युक्रेन युद्ध लम्बिदै गए स्थिति रुसको पक्षमा जाने र यसबाट निस्कन गाह्रो हुने बताएका छन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
अर्थ
ट्याग : #breaking