Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियभारतीय रक्षामन्त्रीलाई जवाफ दिँदै चीनले सीमा संघर्षमा भारत जिम्मेवार भन्यो

भारतीय रक्षामन्त्रीलाई जवाफ दिँदै चीनले सीमा संघर्षमा भारत जिम्मेवार भन्यो


काठमाडौ । चीनले भारतलाई तत्काल आफ्नो गलत गतिविधिमा सुधार ल्याउन र चिनियाँ सेनासँग भिडन्त गर्न खोज्ने काम बन्द गर्न आग्रह गरेको छ ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हाल चीन र भारतबीचको वास्तविक सीमा रेखा एलएसीमा भएको संघर्षका लागि भारत जिम्मेवार भएको बताए ।

प्रवक्ताका अनुसार भारतले द्विपक्षीय सहमतिको उल्लंघन गरेको, अवैध तरिकाबाट सीमा पार गरी चिनियाँ सेनालाई उक्साएको, सीमा क्षेत्रमा यथास्थितिलाई एकतर्फी तरिकाले परिवर्तन गरेको र चिनियाँ सेनालाई धम्क्याउन गोली प्रहार गरेको हो ।

चीनको यो भनाइ सार्वजनिक हुन एक दिन अघि भारतका रक्षामन्त्री राजनाथ सिंहले संसदमा भारत र चीनको विषयमा जानकारी गराउँदा सीमा उल्लंघन चीनले गरेको आरोप लगाएका थिए ।

रक्षामन्त्री सिंहको संसदमा दिएको अभिव्यक्तिको जवाफमा ग्लोबल टाइम्सले यस्तो जवाफ दिएको हो ।

ग्लोबल टाइम्सका सम्पादकले एक लेखमा चीनले शान्ति र युद्ध दुबैका लागि तयारी गरेको र भारतले त्यहाँका अतिराष्ट्रवादी शक्तिहरूसँग शक्तिको भाषामा कुरो गर्नुपर्ने सुझाउ दिएका छन ।

टाइम्सका अनुसार भारतीय रक्षामन्त्री सिंहले नरम भाषाको प्रयोग गरेको बुझिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस