Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्तर्राष्ट्रियचीन विरूद्धको आरोपबारे कुनै प्रमाण अमेरिकाले नबुझाएको डब्लुटीओको स्पस्टीकरण

चीन विरूद्धको आरोपबारे कुनै प्रमाण अमेरिकाले नबुझाएको डब्लुटीओको स्पस्टीकरण


काठमाडौ । विश्व व्यापार संगठन (डब्लुटीओ)ले चीन विरूद्ध अमेरिकाले सन् २०१८मा लगाएको अतिरिक्त भन्सार महशुल अन्तर्राष्ट्रिय व्यापार कानुन विपरीत भएको जनाएको छ ।

अमेरिकाले चीन विरूद्ध लगाएको आरोपको कुनै प्रमाण उपलब्ध नगराएको जनाउँदै डब्लुटीओले चीनले गलत तरिकाले प्रविधि चोरी गरेको लगायतका विषयमा कुनै प्रमाण अमेरिकाले नदिएको जनाएको छ ।

चिनियाँ अधिकारीहरूले डब्लुटीओको यो भनाइको स्वागत गरेका छन । तर अमेरिकाले डब्लुटीओ पूर्णरूपमा अक्षम रहेको जनाएको छ ।

चीनले डब्लुटीओमा सन् २०१८मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन विरूद्धको उजुरी लगेको थियो । अमेरिकाले ३ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ उत्पादनको अमेरिकी प्रवेशमा अतिरिक्त भन्सार महशुल थपेको पहिलो विषय थियो ।

अमेरिकाले चीनले टेक्नलजिको चोरी गरेको आरोप पनि लगाएको थियो ।

अमेरिका चीनबीचको व्यापार युद्धसम्बन्धी विषयहरूको अध्ययन गरी निर्णय लिन डब्लुटीओले एक पेनल गठन गरेको थियो । त्यो पेनलले अमेरिकाले आफ्नो दाबी पुष्टि गर्न कुनै प्रमाण पेश नगरेको जनाएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस